मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

दमकको धुलाम्मे सडक मर्मत नगरे आसपासका पसलहरुले नगरपालिकामा चाबी बुझाउने

देश प्रदेश डेस्क 5095+ समाचार ( )
१५ अशोज २०८०, सोमबार

झापा नेपाल उद्योग तथा ब्यबसायी महासंघ दमक नगर कमिटिले झापाको दमकस्थित मुख्य बजार क्षेत्रमा ढल बनाउदा भत्काईएको सडक बर्ष दिन बित्दा समेत नबनाएका कारण ब्यवसायी र उपभोक्ता मारमा परेको बताउदै सडक मर्मतसम्भारको काम तत्कालै नभए नगरपालिकालाई ब्यवसायीले चाबी बुझाउने अवस्था आउने भन्दै नगर प्रमुख रामकुमार थापाको ध्यानकर्षण गराएको छ ।
चाडपर्वको समयमा हुनसक्ने लुटपाट तथा चोरीका घटना नियण्त्रणका लागि पुराना बिग्रेका सिसि क्यामेरा मर्मत र थप नयाँ जडान गर्न, दमकको नमुना बजारको ब्यवस्थापनमा चासो दिएर तत्कालै काम गर्न समेत ध्यानर्षण गराएको हो । सोमबार महासंघका प्रदेश कमिटी सदस्य बिमल खतिवडा, नगर अध्यक्ष रमेश लुइटेल सहितको टोलीले सडक मर्मत सम्भार नभए पीडित ब्यापारीले पसलको चाबी नगरपालिकालाई बुझाउनु पर्ने अवस्था आउने चेतावनी दिएको छ ।
पशुहाटदेखि फाल्गुनन्दचोक र फाल्गुनन्द चोकदेखि हि.मा.वि स्कूलसम्मको सडक भत्काएर तत्कालै बनाउने भनिएको पनि लामो समयसम्म नबन्दा ब्यवसायीहरु यसबाट धेरै नै पीडित बनेको महासंघका प्रदेश सदस्य बिमल खतिवडाले बताए । उनले यसका लागि नगरपालिकाले पहल गरेर ब्यवसायीहरुको पीरमार्का बुझ्न आग्रह गरे ।
महासंघका नगर कमिटी अध्यक्ष रमेश लुइटेलले नमुना बजारको ब्यवस्थापनका लागि यसभन्दा अघि पनि वडा नं. ६ को ध्यानकर्षण गराएको बताउदै यसको ब्यवस्थापनका लागि आग्रह गरेकाछन् । उनले यो दमकको पहिचानको रुपमा रहेकाले यसको ब्यवस्थापन तत्काल गर्न माग गरेकाछन् ।
सो अवसरमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले सडक मर्मत सम्भार र निर्माणको काम तत्कालै शुरु गराउने र यसका लागि आफुले बारम्बार पहल गरेको जनाए । यो बिषय अहिले बजार निस्कनसाथ सबैले भन्ने गरेको स्मरण गर्दै उनले आजैबाट यसको काम शुरुवात गरिने पनि बताए । आज देखि नै काम शुरु गर्न भनेका छौ र सायद काम शुरु भइसक्यो होला, उनले भने ।
कतिपयले नमुना बजार मास्न पनि माग गरेको बताउदै यसको ब्यवस्थापन गर्न माग राखेको प्रति उनले खुशि प्रकट गरे । करोडौ लागतमा बनाईएको नमुना बजारको सन्दरता नै मास्नका लागि पनि माग आएको छ, उनले भने । वडा कार्यालयले समेत यस्तो माग रहेको भन्दै नगरपालिकालाई जानकारी गराएको उनले खुलासा गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै