मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

झापा धरमपुरमा बस दुर्घटना हुँदा करिव एक दर्जन यात्रु घाइते

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२ माघ २०८१, बुधवार

झापा / काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको यात्रुबाहक बस धरमपुरमा दुर्घटना हुँदा करिव एक दर्जन यात्रु घाइते भएका छन् ।

आज बिहान ६ः२० बजे शिवसताक्षी –१ धरमपुरस्थित पूर्वपश्चिम राजमार्गमा मे १ ख २५४५ नम्बरको नागरिक यातायातको बस अनियन्त्रित भई दुर्घटना भएको हो । बस सडकबाट तल खस्दा उक्त बसमा सवार ११ जना यात्रुहरु घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।

घाइतेहरु निम्न रहेका छन् ।
१) मोरङ बिराटनगर – ३ बस्ने बर्ष ५४ का गुणा कोइराला(टाउको र दुवै हातमा चोट,अवस्था बोल्न सक्ने सामान्य )
२) ऐ.ऐ. बस्ने बर्ष ३४ की दिपा निरौला (सामान्य)
३) ऐ.ऐ. बस्ने बर्ष १७ की म्यारी निरौला(सामान्य)
४) ऐ.ऐ बस्ने बर्ष ३८ की निर्मला निरौला (सामान्य )
५) ऐ.ऐ.४ बस्ने बर्ष ५९ की शर्मिला कोइराला ( ढाडमा चोट, अवस्था बोल्न सक्ने सामान्य )
६) झापा शिवसताक्षी –८ झिलझिले बस्ने बर्ष ३२ का टंक शिवाकोटी (सामान्य)
७) ऐ.ऐ.बस्ने बर्ष ३० की आन्सा फियादेन (सामान्य)
८) ऐ.ऐ बस्ने बर्ष २१ की सुमना लिम्बू (सामान्य)

९) बिर्तामोड –६ बस्ने बर्ष ५१ का पुष्पलाल अधिकारी (टाउको र दाहिने पाखुरामा चोट अवस्था बोल्न सक्ने सामान्य )
१०) ऐ.ऐ. बस्ने बर्ष ४९ की चन्द्रकला अधिकारी (टाउकोमा र कम्मरमा चोट , अवस्था बोल्न सक्ने सामान्य )
११) कमल –६ बस्ने बर्ष ४० का शान्तिराम खतिवडा (दुवै हातमा चोट,सामान्य)।

बस घटनास्थलमा रहेको, सडक अवरुद्ध नभएको र बस चालक मेचीनगर –१० धुलाबारी बस्ने बर्ष ५४ का टिका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार