मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

हर्मुज जलघाँटीमा अमेरिकी नाकाबन्दी घोषणा, ट्रम्पको धम्कीपछि विश्व युद्धको त्रास बढ्यो

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२९ चैत्र २०८२, आइतबार

झापा / अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पले  विश्वकै संवेदनशील समुद्री मार्ग हर्मुजको जलघाँटीमा  नाकाबन्दी गर्ने घोषणा गर्दै मध्यपूर्व तनावलाई थप चर्काएका छन्।

अमेरिका–इरानबीच पाकिस्तानमा भएको वार्ता असफल भएपछि ट्रम्पले तत्कालै अमेरिकी नौसेनालाई जलघाँटी नियन्त्रणमा लिन आदेश दिएको अन्तराष्ट्रिय समाचारले जनाइएका छन्।

ट्रम्पले अब हर्मुज हुँदै आवतजावत गर्ने जहाजहरूलाई पूर्ण रूपमा रोक्ने र इरानलाई शुल्क तिरेर यात्रा गर्ने जहाजलाई समेत नियन्त्रणमा लिने चेतावनी दिएका छन्। उनले यस्तो कार्यलाई “विश्वस्तरीय जबरजस्ती” भन्दै कडा कदम चाल्न बाध्य भएको दाबी गरेका छन्।

घोषणासँगै अमेरिकी नौसेनाले जलडमरूमध्यमा प्रवेश गर्ने र बाहिरिने सबै जहाजमाथि निगरानी राख्ने तथा आवश्यक परे अवरोध गर्ने तयारी गरेको बताइएको छ। ट्रम्पले इरानले राखेका समुद्री बारुद (माइन) नष्ट गर्ने र कुनै पनि प्रतिरोध भए कडा सैन्य जवाफ दिने चेतावनीसमेत दिएका छन्।

उनको अभिव्यक्तिमा अझै आक्रामकता देखिएको छ। हर्मुज पार गर्न खोज्ने जहाजहरू “ध्वस्त पारिने” सम्मको चेतावनी दिँदै ट्रम्पले इरानलाई प्रत्यक्ष चुनौती दिएका छन्।

विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने यो समुद्री मार्गमा नाकाबन्दीको घोषणा भएपछि अन्तर्राष्ट्रिय बजारमा ठूलो प्रभाव पर्ने आँकलन गरिएको छ। चीन, भारतलगायतका तेल आयातकर्ताहरू प्रत्यक्ष प्रभावित हुनसक्ने विश्लेषण गरिएको छ।

विशेषज्ञहरूले ट्रम्पको यो कदमलाई मध्यपूर्वमा सम्भावित ठूलो सैन्य द्वन्द्वतर्फको संकेतका रूपमा लिएका छन्। केही दिनअघि मात्रै युद्धविरामको प्रयास भए पनि वार्ता असफल भएसँगै अवस्था झन् जटिल बनेको छ भने कतिले त अव विश्व युद्ध हुने आशङ्का पनि गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै