मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

हैजा नियन्त्रणका लागि होटल र मासु पसलहरूको अनुगमन

देश प्रदेश डेस्क 5423+ समाचार ( )
१० भाद्र २०८२, मङ्गलबार

झापा / विरगंजमा हैजाको जोखिम बढिरहेका कारण पत्ता लगाउन महानगरपालिकाले होटल र मासु पसलहरूमा व्यापक अनुगमन थालेको छ ।

मंगलबार महानगरको संयुक्त टोलीले मुर्ली, पानी टंकी, बसपार्क र नगवा क्षेत्रमा रहेका होटल तथा मासु पसलहरूको सरसफाइ अवस्था जाँच गरेको हो ।

अनुगमनका क्रममा पसल र होटलभित्रको सरसफाइ, खानेपानीको स्वच्छता, सुरक्षित भण्डारण, फ्रिजमा राखिएका मासु, माछा, अण्डा तथा अन्य खाद्य सामग्रीहरूको निरीक्षणसमेत गरिएको थियो ।

टोलीले व्यवसायीहरूलाई स्वास्थ्य र स्वच्छताप्रति विशेष ध्यान दिन चेतावनीसहित सचेत गराएको छ ।महानगर प्रमुख राजेशमान सिंहको निर्देशनअनुसार पशु सेवा शाखा, वातावरण शाखा र महानगर प्रहरी बलको संयुक्त टोलीले अनुगमन गरेको हो ।

सिंहले हैजा फैलन रोक्न व्यवसायी स्वयं जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याउँदै नियमित अनुगमनलाई निरन्तरता दिइने बताए ।

“होटल तथा मासु पसलहरूमा स्वच्छता कायम भए मात्र हैजासहितका सङ्क्रमणजन्य रोग नियन्त्रण गर्न सकिन्छ,” सिंहले भने, “यसलाई अब दैनिक कार्यको रूपमा अघि बढाइन्छ ।”

महानगरले हैजा नियन्त्रणका लागि जनचेतना कार्यक्रम, दूषित पानीको परीक्षण, सङ्क्रमित क्षेत्रको सरसफाइ र स्वास्थ्यकर्मीमार्फत घरदैलो अभियानलाई पनि सक्रिय पारेको छ ।

स्थानीयवासीलाई पानी उमालेर पिउन, सफा खानेकुरा मात्र सेवन गर्न र व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार