साकेतिक तस्विर
झापा । मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृृत्यु हुनेमा झापाको अर्जुनधारा नगरपालिका–९ बाह्रघरेमा बस्ने ६२ वर्षीय टेककुमार राई रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । प्रहरीले दिएकाे विवरण अनुसार गएराति अन्दाजी ८ बजे अर्जुनधारा ९ बाह्रघरेस्थित शनिश्चरे– जयपुर भित्री पक्की सडक खण्डमा जयपुरबाट शनिश्चरेतर्फ आउँदै गरेको मे १० प ५२११ नं.को २२० सीसीको पल्सर मोटरसाइकलले पैदल यात्री सोही ठाउँ बस्ने ६२ वर्षीय टेककुमार राईलाई ठक्कर दिएको थियो ।
घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई डाक्टरले चेकजाँच गर्दा राति ८ः२० बजे मृत्यु भएको थियो । मृतकको शव सोही अस्पतालमा रहेको छ ।
मोटरसाइकल चालक इलाम सूर्योदय नगरपालिका ११ बस्ने २८ वर्षीय रुपेश राई र मोटरसाइकललाई प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।