मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

राष्ट्रिय रमणीयका प्रअमाथि हातपात गर्ने भण्डारीले मागे सार्वजनिक माफी

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२ कार्तिक २०८०, बिहीबार

झापा गत असोज १८ गते राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय दुधेका प्रधानाध्यापक लालमणि सुवेदीमाथि हातपात गर्ने पूर्व शिक्षक गणेशप्रसाद भण्डारीले सार्वजनिक माफी मागेका छन् ।

उनले लिखित र मौखिक दुवै प्रकारले माफी मागेका हुन् । विद्यालयका प्रधानाध्यापक सुवेदीले आफूले भौतिक आक्रमण सहेर पनि उदार दिलका साथ माफी मिनाहा दिएकाले शीर निहुराइ माफी मागेको भण्डारीले लिखित क्षमायाचनामा जनाएका छन् । । आगामी दिनहरुमा यस प्रकारका अमर्यादित गतिविधि नदोहोर्याउने उनले प्रतिवद्धतासमेत जनाएका छन् ।

भण्डारी सो विद्यालयमा अस्थायी शिक्षकको रुपमा २०५१ साल फागुन १७ गते प्रवेश गरी २०६१ सालमा स्थायी भएका थिए । १९बर्ष ४ महिना २० दिन स्थायी सेवा पुरा गरी उनी २०८० असोज ३ गते ६० वर्ष भइ अनिवार्य अवकाश भएका थिए । भण्डारीको अस्थायी अवधिको संंचित विदा ११५ दिन र स्थायी सेवा अवधिको संचित विदा ११० भएकोमा उनले सेवा अवधिको संचित विदा ६५ दिन स्थायी सेवा अवधिकै विदा ११० दिनमा थप गरी कुल विदा १७५ दिन प्रमाणित गरिदिन प्रधानाध्यापक सुवेदीसंग माग गरेका थिए ।

आफ्नो पदीय जिम्मेवारी र प्रचलित ऐन नियमविपरित हुनेगरी सिफारिस नदिने बताएपछि भण्डारीले सुवेदीमाथि हातपात गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार