मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१५ भाद्र २०८३, सोमबार

झापा / फुर्सदको समय सदुपयोग गर्दै सिलिगुडी घुम्न निस्किएका झापाको भद्रपुरका मामा–भान्जाको भारतमा भएको सडक दुर्घटनामा ज्यान गएको छ।

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीका २५ वर्षीय विजय सहनी र उनका ३१ वर्षीय मामा अशोक सहनीको भारतको पश्चिम बंगालस्थित बतासीमा भएको दुर्घटनामा मृत्यु भएको हो।

स्थानीयका अनुसार विजयले भदौ ११ गते मात्रै आफ्नो जन्मदिन मनाएका थिए।  उनी मामा अशोकसँग मोटरसाइकलमा सिलिगुडी घुम्नका लागि घरबाट निस्किएका थिए।

दुवै जना बिहान करिब ७ बजे भद्रपुर–५ स्थित घरबाट मोटरसाइकलमा भारततर्फ लागेका थिए। सिलिगुडी जाने क्रममा बतासी अधिकारी बाइपास रोडअन्तर्गत केलाबारी क्षेत्रमा तीव्र गतिमा आइरहेको आर्टिगा कारले उनीहरू सवार मोटरसाइकललाई ठक्कर दिएको थियो।

कारको ठक्करबाट मोटरसाइकलमा सवार विजयको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका अशोकलाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि उपचारकै क्रममा उनको पनि मृत्यु भएको बताइएको छ।

दुर्घटनापछि कार चालक घटनास्थलबाट फरार भएका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले फरार चालकलाई पक्राउ गरी आज अदालतमा पेश गरेको छ।

मामा–भान्जाको एकैपटक भएको निधनले भद्रपुर–५ सुन्दरबस्ती शोकमा डुबेको छ। सामान्य घुमफिरका लागि घरबाट निस्किएका दुई युवाको भारतमा भएको दुर्घटनाले परिवार र आफन्तमा बज्रपात भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार