मुख्य समाचार
देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन |

ब्राउन सुगरसहित सेनाका जवान पक्राउ

देश प्रदेश डेस्क 5421+ समाचार ( )
१९ आषाढ २०८२, बिहीबार

बाँके प्रहरीले साढे १० ग्राम बढी लागुऔषध ब्राउन सुगरसहित नेपाली सेनाका एक जना जवानलाई पक्राउ गरेको छ। 

जिल्लाको बैजनाथ गाउँपालिका–३ का २६ वर्षीय सन्जु आले बुधबार बेलुकी ६ बजेतिर आफ्नै घरबाट पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता दीपक पातलीले बताए।

सुराकका आधामा पुगेको लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय कोहलपुरबाट संयुक्त रूपमा खटिएको सादा पोशाकका प्रहरीले आलेलाई पक्राउ गरेको हो।

उनको घरको कोठाबाट १० ग्राम ६०० मिली ग्राम ब्राउन सुगर बरामद भएको डिएसपी पातलीले सेतोपाटीलाई बताए।

इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख डिएसपी लक्ष्मी खनालका अनुसार पक्राउ परेका आले नेपाली सेनाका जवान हुन्।

उनीबाट फेला परेको नेपाली सेनाको परिचय पत्रका आधारमा उनी हाल जगदल गण काठमाडौंमा कार्यरत रहेको खुलेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका आलेले आफू घर बिदामा घर आएको बयान गरेको डिएसपी खनालले बताइन्। तर, उनी भागेर घर आएको हुनसक्ने प्रहरीको आशंका छ।

डिएसपी खनालका अनुसार आले कार्यरत गणमा पत्राचार भइसकेको छ।

गणबाट आधिकारिक रुपमा जानकारी आएपछि तथ्य खुल्ने डिएसपी खनालले बताइन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै