मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

बाढी पहिरोबाट १२ जिल्लाका ५३ विद्दालय प्रभावित

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१४ अशोज २०८१, सोमबार

झापा बाढी–पहिरोका कारण विभिन्न १२ जिल्लाका १० हजारभन्दा बढी विद्यार्थी प्रभावित बनेका छन् । पहिरोमा परेर हालसम्म ८ जना विद्यार्थीको मृत्यु भएको विवरण आएको मन्त्रालयले जानकारी दिएको छ ।
प्राकृतिक विपद्बाट १२ जिल्लाका ५३ विद्यालयमा क्षति पुगेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । तीन वटा विद्यालय विपद् प्रभावितका लागि प्रयोग भइरहेको छ । थप क्षति तथा प्रभावितको विवरण आउन बाँकी रहेकाले यो संख्या बढ्न सक्ने मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए ।
शिक्षा मन्त्रालयले देशभरका विद्यालय तीन दिन बन्द गर्न अनुरोध गरेको छ । मन्त्रालयको अनुरोधपछि बढी प्रभावित क्षेत्रका विद्यालय बन्द छन् । कम प्रभावित स्थानीय तहका विद्यालय भने सञ्चालनमै छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक अर्जुन ढकालले शनिबारको वर्षा र बाढीले ठुलो क्षति भएको जानकारी दिए । बिदाको दिन परेकाले मानवीय क्षति कम भएको उनको भनाइ छ ।
केन्द्रले विपद् व्यवस्थापन अन्तर्गत तत्कालका लागि भनेर २/३ वटा काम अगाडि बढाएको छ । जसमा सातै प्रदेशलाई विपद् व्यवस्थापन गर्न २/२ करोड रुपैयाँ अनुदान भनेर बजेट छुट्ट्याएको छ ।
त्यस्तै सिकाइ निरन्तरताका लागि ‘रियल प्लान’ कार्यान्वयनका लागि ७५३ वटै पालिकामा ४ लाखदेखि १० लाख रुपैयाँसम्मको बजेटको व्यवस्था गरेको छ । त्यसले तत्काल परेको क्षतिलाई सम्बोधन गर्न सक्ने अवस्था नभएमा केन्द्रबाट थप बजेट पठाइने निर्देशक ढकालले बताए ।‘त्यसले पनि पुगेन भने अर्थ मन्त्रालयमा बजेट माग गरेर पठाउने हाम्रो तयारी छ,’ उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै