मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

काँकडभिट्टाबाट १८४ बोतल भारतीय रक्सी बरामद

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२६ माघ २०८०, शुक्रबार

झापा । काँकडभिट्टाबाट भारतीय रक्सी बरामद भएको छ । भारतबाट नेपाल ल्याइएको १ सय ८४ बोतल रक्सी आज दिउँसो बरामद गरिएको हो ।

मेचीनगर नपा ६ स्थित मेची भन्सार कार्यालयको यात्रु शाखाको उत्तर गेटबाट उक्त रक्सी चेकजाँचको क्रममा बरामद गरिएको जनाइएको छ । 

भन्सार कर्मचारी र  सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाको टोलीले संयुक्त रुपमा चेकजाँचको क्रममा  रक्सी बरामद गरेको मेची भन्सारले जनाएको छ । 

शसस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाका शसस्त्र प्रहरी उपरीक्षक ( एसपी) देबराज अर्यालका अनुसार सुरक्षा गुल्म काँकडभिट्टाबाट सप्रसनि लास बहादुर राईको कमाण्डमा खटिएको ७ जनाको भन्सार डिउटी टोली र मेची भन्सार कार्यालयका कर्मचारीहरुले चेकजाँच गर्ने क्रममा लुकाई छिपाई भारतबाट नेपाल तर्फ ल्याउदै गरेको भन्सार मुल्य  २ लाख १७ हजार ६ सय ११ बराबरको विभिन्न ब्राण्डका रक्सी बरामद गरी भन्सार दाखिला गरिएको छ ।

साथै  १ बोरा कस्मेटिक सामानहरु पनि बरामद गरी भन्सार दाखिला गरिएको जनाइएको छ । उक्त रक्सी भारतबाट नेपाल फर्किएका भारतीय लाउरेहरुले ल्याएको हुन सक्ने मेची भन्सार कार्यालय प्रमुख एवम प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी बताउंछन् । उनका अनुसार बरामद गरिएको  रक्सी भारतमा उत्पादन हुने लोकल लेबलको हो । साझा अनलाइनबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार