मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

सताक्षीधाम मन्दिरका अध्यक्षसहित १८ जना जुवाडे पक्राउ

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२३ कार्तिक २०८१, शुक्रबार

                                                                                                                  साङ्केतिक तस्वीर

झापा जुवाजन्य तास खेलिरहेको अवस्थामा झापाको शिवसताक्षीबाट नगदसहित १८ जना जुवाडे पक्राउ परेका छन् ।

वडा नम्बर ११ ब्यांगडाँडास्थित चन्द्रमणि रिमालको घरको तल्लो तलामा तास खेलिरहेका १८ जनालाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार ४ लाख ५४ हजार ५०० रुपैयाँ र एक बुङ तास बरामद भएको छ ।

पक्राउ पर्नेमा सताक्षीधाम मन्दिरका अध्यक्ष तुलाराम बोखिम भनिने तुला सुब्बा, घरधनी चन्द्रमणि रिमाल, शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का मुकेश राउत, वडा नम्बर ११ का राजेन्द्र बास्कोटा, वडा नम्बर ४ का सेवराज राजवंशी छन् ।

यस्तै वडा नम्बर ७ का छत्रबहादुर सोडारी, वडा नम्बर ६ का लोकनाथ दुलाल, वडा नम्बर ४ का रुपनारायण शाह, वडा नम्बर ७ का मणि खड्का, सोही वडाका राजु दर्जी पक्राउ परेका छन् ।

यस्तै वडा नम्बर ७ बस्ने सीताराम कार्की, खडीबहादुर श्रेष्ठ, वडा नम्बर ११ का राजेन्द्र कुँवर, वडा नम्बर ४ का मनोज शाह, वडा नम्बर ९ का मोहनप्रसाद दुलाल र गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ का हरि राजवंशी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

शुक्रबार बिहान साढे १ बजे उनीहरूलाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो। दमक प्रहरीले पक्राउ गरेपछि थप बल इलाका प्रहरी कार्यालय झिलझिलेबाट बोलाइएको प्रहरी स्रोतले बताएको छ। रिमालको घरमा तासको खाल राखी हार मारको लागि नगद बाजी राखी तास खेलिरहेको पक्राउ गरिएको डीएसपी चन्दले जानकारी दिए ।

नजिकको प्रहरीलाई जानकारी नै नदिई दमक प्रहरीले तास खेलिरहेका १८ जनाको समूहलाई पक्राउ गर्नु रहस्य भएको हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार