मुख्य समाचार
पूर्वी झापाका ६ पालिका गाभेर महानगर बनाउन कति सम्भव ? | सेवा प्रवाह सुधार्न गृह मन्त्रालयको कडाइ, सबै जिल्ला प्रशासनमा एकद्वार प्रणाली अनिवार्य | ताप्लेजुङमा पन्छीजन्य वस्तु आयातमा पूर्ण प्रतिबन्ध | सिरहाका मेयरको अभद्र व्यवहार मुद्दा अंगभंगमा परिणत, उनी अझै फरार | कसैलाई पनि गल्ती स्वीकार्य हुँदैन : गृहमन्त्री सुदन गुरुङ | झापाकाे भद्रपुरमा भव्य सिरुवा पावनी मनाइयाे | निर्माण उद्योग ठप्प हुने स्थितिमा, निर्माण उद्योगमा 'आपतकाल' घाेषणाकाे माग | भारतबाट उपभाेग्य बस्तु खरिदमा कडाइः एक सय रुपैयाँ भन्दा माथि भन्सार नीति कति व्यवहारिक? | जनताको दुःख बुझ्न मैदानमा सांसद: झापाका सरकारी कार्यालयमा अनुगमन | झापाको भद्रपुरमा ‘प्रथम फर्कियो जोवन भेट्रान्स कप’ फुटबल प्रतियोगिता हुने |

वराह सहकारीका लेखापालसहित ९ जना पक्राउ

देश प्रदेश डेस्क 5084+ समाचार ( )
१५ पौष २०८१, सोमबार

                                                                                                               साङ्केति तस्वीर

झापा जिल्ला प्रहरी कार्यालय सुनसरीले सहकारीको रकम अपचलन गर्ने थप ३ जना धरानबाट पक्राउ गरेको छ । शनिबार २ जना र आइतबार थप एक जना पक्राउ गरेको हो । शनिबार नै ६ जनालाई प्रहरीेले पक्राउ गरेको थियो ।

देशैभरि प्रहरीले सहकारीको रकम अपचलन गर्ने सहकारी सञ्चालक, व्यवस्थापक अध्यक्ष र कर्मचारीहरूलाई पक्राउ अभियान चलाएको छ । पोखराको सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसहित ६३ जनालाई प्रहरीले मुद्दा चलाएपछि देशभरका सहकारीको बचत अपचलनमा संलग्न व्यक्तिहरू पक्राउ पर्न थालेका हुन् ।

वराहको भवनमा सिल
आइतबार प्रहरीले धरान–८ स्थित धनकुटे रोडमा रहेको वराह बचत तथा ऋण सहकारी संस्थामा इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, वडा अध्यक्ष र सहकारी पीडितको रोहवरमा ताला लगाएर कार्यालय सिलसमेत गरेको छ । उनीहरूका सञ्चालकहरूलाई प्रहरीले खोजी गरिरहेको छ ।

प्रहरीले लेखापाल अपना श्रेष्ठ, ऋण उपसमिति सदस्य अस्मिता भण्डारी, सञ्चालक सदस्यहरू शेरबहादुर महत क्षेत्री, सरिता कालीकोटे, रवि पोर्तेल, जतनमाया विश्वकर्मा, लेखा समिति संयोजक सुदिन विकलगायत ९ जनालाई पक्राउ गरेको छ । तर प्रहरीले भने औपचारिकरूपमा पक्राउ परेकाहरूको नाम सार्वजनिक गरेको छैन ।  जिल्ला अदालत सुनसरीबाट २९ जनाको नाममा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  बिहानैदेखि सञ्चालकहरूको  खोजीमा प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयका एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

मुख्य सञ्चालक फरार
मुख्य सञ्चालकहरू मानबहादुर विश्वकर्मा, गङ्गा कालिकोटे, शुभराव खातीलगायतका व्यक्ति भने फरार भएका छन् । शनिबार पक्राउ पुर्जी जारी भएको सूचना चुहिएपछि उनीहरू फरार भएको बताइएको छ ।

जाहेरी दिन पीडित बचतकर्तालाई प्रहरीको अनुरोध
जिल्लामा भएका सहकारीबाट ठगिएकाहरूलाई जिल्ला प्रहरी कार्यालय   सुनसरीमा उजुरी दिन आह्वान गरेको छ । प्रहरीले पुस १३ गते नै शङ्कर थापा क्षेत्रीको जाहेरीमा नेपाल सरकार वादी भएको मानबहादुर विश्वकर्मासहितका प्रतिवादी भएको सहकारी ठगीको मुद्दामा पीडित भएकाहरूलाई जाहेरी दरखास्त दिन अनुरोध गरेको छ । प्रहरीले सूचना नै जारी गरी जाहेरी आह्वान गरेको हो । आवश्यक सम्पर्क र समन्वयका लागि प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिम्सिना र सह–प्रवक्ता  इन्स्पेक्टर दिनेश अधिकारीलाई तोकिएको छ ।

वराहबाट ८ हजार बचतकर्ता पीडित
धरानको वराह सहकारीले बचतकर्ताको करिब ९ अर्ब रकम अनियमितता गरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका सदस्य प्रदीप बाँस्तोलाले जानकारी दिए । हालसम्म ९० जनाले प्रहरीमा उजुरी दिइसकेको र अब ८ हजार बचतकर्ताहरूले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिने तयारी गरेको बाँस्तोलाले बताए ।

उनका अनुसार वराह सञ्चालक, उनीहरूका आफन्त, पूर्व कर्मचारी, सञ्चालकलगायत गरी करिब ३५ जनाको बचत दुरुपयोगमा संलग्नता देखिएको छ । ३५ जनालाई प्रतिवादी बनाएर जाहेरी दिने तयारी भएको उनले बताए । प्रहरीले २९ जनाको नाममा पक्राउ पुर्जी जारी गरे पनि अन्य ५–६ जना छुटेको उनले बताए । समितिले पनि ठगिएको प्रमाणसहित जाहेरी दिन आग्रह गरेको छ ।ब्लाष्ट  खबरबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार