मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

जिल्लास्तरीय पालिका पुरुष फुटबल प्रतियोगिताको उपाधि भद्रपुर नगरले हात पार्याे

देश प्रदेश डेस्क 5185+ समाचार ( )
१८ माघ २०८०, बिहीबार

झापा   झापा जिल्लास्तरीय पालिका पुरुष फुटबल प्रतियोगिताको उपाधि भद्रपुर नगरपालिकाले जितेको छ । उपाधिसँगै भद्रपुर नगरपालिकाले नगद पुरस्कार १ लाख ११ हजार, प्रमाण पत्र र ट्रफी हात पारेको छ ।

कनकाईमा आयोजित बुधबार भएको भद्रपुर र शिवसताक्षी नगरपालिकाबीच फाइनल खेल भएको थियो ।  दुवै टिमले निर्धारित समयमा गोल गर्न नसकेपछि ट्राइबेकरबाट खेलको निर्णय भएको खेल संयोजक रमेशचन्द्र मैनालीले जानकारी दिए । ट्राइबेकरमा भद्रपुरले कनकाईलाई ३-१ गोल अन्तरले हरायो । 

प्रतियोगितामा उपविजेता बनेकाे शिवसताक्षीले ७५ हजार नगद, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट गोल किपरका रुपमा भद्रपुरका दिपाङ्सु राउत घोषित भए । राउतले पुरस्कार स्वरूप नगद २ हजार १ सय प्राप्त गरे । त्यस्तै म्यान अफ द म्याच भद्रपुरका खेलाडी कर्ण लिम्बू घोषित भए । उनलाई नेपाल खेलकुद महासंघ कनकाई नगरका इन्चार्ज पूर्ण लिम्बूले स्पन्सर गरेको नगद २ हजार १ सय रुपैंयाको पुरस्कार राशि प्रदान गरेको बताइएको छ ।

त्यस्तै प्रतियोगिताको म्यान अफ द सिरिज शिवसताक्षीका खेलाडी अमन लामा घोषित भए । शिवसताक्षीका टिम कप्तान समेत रहेका लामालाई युवा समाजसेवी एवं एक सफल व्यवसायी सुनिल भेटवालले स्पन्सर गरेको नगद ५ हजार पुरस्कार प्रदान गरियो । प्रतियोगिताको हाइ स्कोर भद्रपुरका शक्ति राई घोषित भए । उनलाई नगद २ हजार १ सयको पुरस्कार प्रदान गरियो । 

‘खेलकुद मार्फत राष्ट्र विकासको अभियान’भन्ने मूल नाराका साथ प्रतिष्ठानले खेलकुदका विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको बताइएको छ । कनकाई खेलकुद प्रतिष्ठानले कनकाई माविको खेल मैदानमा सञ्चालन गरेको प्रतियोगिता माघ ६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा  १० वटा पालिकाले सहभागिता जनाएका थिए । कनकाई नगरपालिकाको मुख्य आर्थिक सहयोग रहेको थियो ।

प्रतिष्ठानका अध्यक्ष छवि थपलियाको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गरेका थिए भने समापन समारोहमा प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बू प्रमुख अतिथि रहेका थिए । समापन समारोहमा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल,  भद्रपुरका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रा (रोशन), कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार