मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

काँकडभिट्टाबाट भारत प्रवेश गरेका एक विदेशी फुटबलरसहित दुई जना पक्राउ

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१ फाल्गुन २०८०, मङ्गलबार

झापा पूर्वी नाका काँकडभिट्टाबाट भारत प्रवेश गरेका एक विदेशी फुटबलरसहित दुई जनालाई भारतीय एसएसबीले पक्राउ गरेको छ ।  बिना कागजात अवैध रूपमा भारत प्रवेश गरेको आरोपमा पश्चिम अफ्रिका सेनेगल निवासी अब्दुल्ला आबुबकर र भारतीय युवक विहार राज्यका मुकेश ठाकुरलाई नक्सलबारीको लालीजोत सीमामा तैनाथ एसएसबी टोलीले सोमबार साँझ पक्राउ गरेको हो । 
सेनेगलका आबुबकर विदेशी फुटबल खेलाडी हुन् । उनलाई भारतीय युवक ठाकुरले मोटरसाइकलमा हालेर भारत पुर्याएका थिए । सन् २०१९ मै नेपालको भिजा सकिए पनि आबुबकर नेपालमा बसेर फुटबल खेल्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 
विदेशी फुटबलरलाई सीमा पार गराउने आरोपमा ठाकुरलाई पनि एसएसबीले नियन्त्रणमा लिएको बताइएको छ । एसएसबीले पक्राउ परेका दुवै जनालाई नक्सलबारी प्रहरीलाई बुझाइसकेको छ । प्रहरीले दुवै जनालाई सिलगुडी जिल्ला अदालतमा पेस गरिसकेको छ । 
यता पक्राउ परेका  विदेशी फुटबलर आबुबकर नेपालका क्लबहरूबाट अफिसियल खेल नखेलेको पाइएको छ । आबुबकर नेपालमा बसेर अफिसियल बाहेकका खेलहरू खेलेको हुन सक्ने बुझिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार