झापा । झापा भद्रपुर १० स्थित नव निर्मित श्रीमन्दिरको प्राण प्रतिष्ठा (उधवोधन)काे तयारी भब्य रुपले गरिएको छ । सत्सङ्घ चन्द्रगढी –भद्रपुर परिवारबाट निर्माण गरिएको मन्दिरलाइ श्रीश्री ठाकुर अनुकुल चन्द्रका जनाति श्रीश्री अविनेन्द्रनाथ चक्रवती(अविनदादा)बाट प्राण प्रतिष्ठा हुने भएको हो ।
उनि भारतको सिलगढीबाट शुक्रबार वेलुका सो मन्दिरमा आउने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रम शनिबार विहान हुने समितिका सचिव ज्ञानबहादुर चौहानले जानकारी दिए । उनको स्वागतका लागि अनुयायीहरुको बाक्लो उपस्थिति रहेको छ ।
प्राण प्रतिष्ठाको पूर्वसन्ध्यामा राष्ट्रिय गायिका रचना रिमाल लगायत स्थानीय कलाकारको साँस्कृतिक कार्यक्रममा रहने छ ।