मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

भद्रपुरमा दूषित मासु बिक्री, फ्रेस हाउसलाई ११ हजार जरिवाना

देश प्रदेश डेस्क 5164+ समाचार ( )
१२ फाल्गुन २०८०, शनिबार

भद्रपुर। झापाको भद्रपुर नगरपालिकाले मासु पसल र मिठाइ पसलको अनुगमन गरेको छ । उपप्रमुख राधा कार्कीको नेतृत्वमा गरिएको अनुगमनका क्रममा नगरका ८ वटा मासु–माछा पसल र दुई वटा मिठाइ पसलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा भद्रपुर–८ सगरमाथा चोकस्थित एमडी मासु पसल, आधुनिक प्रेस हाउस लगायतको अनुगमन गरिएको थियो ।
आधुनिक फ्रेस हाउसमा दूषित मासु फेला परेकाले ११ हजार रुपैयाँ जरिवाना गरिएको नगरपालिकाका अधिकृत छैटौँ राजेन्द्रप्रसाद ढकालले जानकारी दिए । फ्रेस हाउसबाट २० केजी मासु समेत जफत गरेर नष्ट गरिएको उनले बताए ।

अनुगमन गरिएका अधिकांश मासु पसल सरसफाइ नभएको, मूल्य सूची नराखिएका, इजाजत नलिएको, कर नतिरेकाले मापदण्ड अनुसार सञ्चालन गर्न निर्देशन दिइएको छ । नगरको बजार अनुगमन संयोजक तथा उपप्रमुख कार्कीले बारम्बार सचेत गराउँदा पनि मासु पसलहरूले अटेर गरेको बताउँदै अब उप्रान्त त्यस्तो पाइए कडा कारबाही गरिने बताइन् ।

“बारम्बार सचेत गराइरहेका छौँ, अब पनि नमाने कडा कारबाही गर्छौँ”, उनले भनिन्, “मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य वस्तुमा हेलचेक्र्याइँ गर्ने कसैलाई छुट छैन ।” उनले नगरपालिकाले अनुगमन गर्दा सच्याउने भन्दा पनि व्यवसायीले स्वयम् चनाखो हुनुपर्ने बताइन् । उनले भनिन्, “व्यवसायीको पनि दायित्व हो, सबै नगरपालिकाले नै गर्नुपर्छ भन्ने होइन ।”
झापा चोकको रवि होटेल, मन्त्री चोकको हिमाल कोल्ड सेन्टरमा अनुगमन गरिएको छ । हिमाल कोल्ड सेन्टरमा मिति गुज्रिएको सामान राखिएको र अनुमति बिना मदिराजन्य वस्तु बिक्री गरेको पाइएकाले इजाजत लिन निर्देशन दिइएको छ । होटेलमा सरसफाइ लगायतका काम गर्न निर्देशन दिइएको छ ।

अनुगमन टोलीमा उपप्रमुख कार्की, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, जिल्ला प्रशासन कार्यालयका जीवन पौडेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका सङ्गीता साह, झापा उद्योग वाणिज्य संघका सञ्जय घोष, नापतौल कार्यालय सहायक निरीक्षक अमितकुमार कर्ण, नगरपालिकाका सुनिल कर्ण, वडा प्रहरी कार्यालयका निरकुमार श्रेष्ठ, पत्रकार सन्तोष शर्मा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार