मुख्य समाचार
देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन |

नाबालिकाहरूको बेचबिखन गरेको आरोपमा युट्युबर पक्राउ

देश प्रदेश डेस्क 5421+ समाचार ( )
८ श्रावण २०८१, मङ्गलबार

झापा नाबालिकाहरूको बेचबिखन गरेको आरोपमा प्रहरीले एक जना युट्युबरलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रे चौरीदेउराली गाउँपालिका वडा नम्बर १ घर भई काठमाडौंको बत्तिसपुतली बस्ने २० वर्षीय कुशल खरेल रहेकाे प्रहरीले जनाएकाे छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले बत्तिसपुतलीबाट मंगलबार पक्राउ गरेको ब्युरोका एसपी गौतम मिश्रले जानकारी दिए।

एसपी मिश्रका अनुसार उनी नेपाली काउन्टडाउन नामक युट्युब च्यानलका संचालक समेत हुन्।

खरेलसहित केहीले भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा नम्बर १ मनोहरा जडिबुटीमा रहेको सिन्धुली होटल ढिडो सर्भिस एण्ड गेष्ट हाउस सञ्चालन गर्दै आएका थिए।

त्यहाँ आर्थिक अवस्था कमजोर भएका नाबालिकाहरूलाई वेटरको काममा लगाउँथे। तर ग्राहकहरूसँग बसेर खान लगाएर धेरै बिल उठाउने काममा लगाउने गरेको खुलेको थियो।

त्यस्तै गेष्ट हाउसमा बस्ने नाबालिकाहरूलाई यौन सम्पर्क राख्न बाध्य पारेको पनि अनुसन्धानबाट खुलेको छ। प्रति व्यक्ति हजारदेखि पाँच हजारसम्म लिएर नाबालिकालाई जबरजस्ती यौन सम्पर्क बस्न बाध्य पारेको खुलेको हो।

गेष्ट हाउसबाट प्रहरीले प्रयोग भएका र नभएका अस्थायी साधन,  प्रेग्नेन्सी टेष्ट र गर्भ निरोधक औषधि पनि फेला पारेको थियो।

बालिकालाई उनीहरूले पनि जबरजस्ती गर्ने गरेको खुलेपछि प्रहरीले असार २४ गते नै घटनामा संलग्न वीरबहादुर सिंतान र सुबिलाल सिंतानलाई पक्राउ गरेको थियो।
उनीहरूमाथि जिल्ला प्रहरी परिसर भक्तपुरले अनुसन्धान गरिरहेको थियो । थप अनुसन्धानको क्रममा प्रहरीले खरेललाई पक्राउ गरेको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार