मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |
मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |


अवैध क्रसर रोक्न विज्ञहरुको सुझाव

देश प्रदेश डेस्क 5185+ समाचार ( )
५ मंगशिर २०८१, बुधवार

झापा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल गरेका छन् ।  पूर्वाधार, जलश्रोत, जलवायू लगायत विभिन्न क्षेत्रका विज्ञहरुसँग उनले छलफल गरे।

छलफलका क्रममा विज्ञहरुले जलवायू परिवर्तनको प्रभाव र असरलाई मध्यनजर गरि पूर्वाधार निर्माणका योजनाहरु बनाउन सुझाव दिएका थिए । बुधबार मन्त्रालयमा भएको छलफलमा संरचना विज्ञ राजन सुवालले खोला–नदीको प्राकृतिक बहावलाई रोकेर कुनै पनि संरचना निर्माण गर्न नहुने बताए । प्रकृति र पर्यावरण प्रतिकुल संरचनाहरुले मानवीय र भौतिक क्षति समेत बढाउने भएकाले यस्ता संरचना निर्माणलाई निरुत्साहित गर्न उनको सुझाव थियो ।

यस्तै पूर्वसचिव तुलसी सिटौलाले क्रसर तथा खानीजन्य बस्तुको उत्खनन्लाई वैज्ञानिक बनाउन जोड दिए । यसैगरि मुख्य राजमार्गसँग जोडिएर खोलिने सहायक सडकहरु जथाभावी खोल्न नदिन दर्विलो मापदण्ड बनाउन उनको आग्रह थियो ।

पहिरो विज्ञ मुकेश अमात्यले जलवायू परिवर्तनको असर र प्रभाव प्रति सजग हुन आवश्यक रहेको बताए। यस्तै अवैध रुपमा क्रसर सञ्चालन गर्ने र जथाभावी नदीजन्य सामाग्री उत्खनन् गर्ने कार्य रोक्न ढिला भई सकेकोमा उनको जोड थियो ।

यस्तै भुगर्वविद् रञ्जनकुमार दाहालले सडक तथा पुल निर्माण गर्दा भुईको सुरक्षामा मात्र नभई भित्तो र पहराको सुरक्षामा पनि ध्यान दिनु पर्ने बताए । अन्यविज्ञहरुले जोड दिएको अवैध क्रसर नियन्त्रणमा उनको पनि जोड रहेको थियो ।

जलश्रोत विज्ञ चुर्णबहादुर ओलीले नदीकटानबाट हुने क्षती रोक्न सडक तथा पुल निर्माणसँगै नदीकिनाराको व्यवस्थापन पनि उत्तिनै जरुरी रहेको बताए । यस्तै क्षती न्युनिकरणका लागि सुचना प्रविधिको उपयोगमा पनि जोड दिनु पर्ने उनको धारणा थियो ।

सोसाईटी अफ ट्रान्सपोर्ट ईन्जिनियरका अध्यक्ष राजेन्द्र शार्म काफ्लेले जथाभावि क्रसर उद्योग सञ्चालनले पर्यावरण र पूर्वाधार दुवैमा क्षति गरि रहेको बताए । यसैगरि जलवायू विज्ञ अर्चना श्रेष्ठले मौषम पूर्वानुमान, सुचना प्रवाह र कार्यान्वयनलाई ध्यान दिन सके क्षति न्युनिकरण गर्न सकिने बताइन् ।

नेपाल ईन्जिनियर एशोसिएसनका अध्यक्ष सुवाशचन्द्र बरालले पूर्वाधार निर्माण र सुरक्षाका लागि परम्परागत विधि र प्रकृया मात्र प्रभावकारी नहुने भएकाले नविन प्रविधिको अध्ययनमा पनि जोड दिनु पर्ने बताए । विज्ञहरु गजेन्द्र थपलिया, वशन्तराज अधिकारी लगायतले क्षति न्युनिकरण र सुरक्षित संरचना निर्माणका लागि दिर्घकालिन योजना बनाउनु पर्नेमा जोड दिए । जथाभावि क्रसर सञ्चालन, सहायक सडक निर्माण जस्ता कुराहरुलाई नरोके झनै क्षति बढ्ने तर्फ उनीहरूले ध्यानाकर्षण समेत गराए।

जलश्रोत विज्ञ नरेन्द्रमान शाक्यले वर्षा तथा बाढीको स्वरुपलाई दृष्टिगत गरि योजनाहरु बनाई सोहि अनुसारका संरचना निर्माणमा लाग्नु पर्ने बताए । यस्तै विदेशमा गरिएका अभ्यास र शैली नेपाली भुबनोट अनुकुल छन् कि छैनन् भनेर विश्लेषण गरेर मात्र अनुशरण गर्नु पर्ने उनको सुझाव थियो ।

अधिकांश विज्ञहरुले अवैध क्रसर उद्योग र अवैज्ञानिक उत्खनन्ले प्राकृतिक प्रकोपको बेला हुने क्षति बढाई रहेको बताई रहँदा खानी तथा भुगर्भ विभागका कुशलनाथ पोखरेलले समेत सो समस्या चुनौतीको रुपमा रहेको बताए । विभिन्न मन्त्रालय र निकायहरु विच समन्वय गरि यस्ता उद्योगहरु नियमन र नियन्त्रण गर्नु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा सहभागी कोशी प्रदेश सभाका प्राकृतिक श्रोत तथा पूर्वाधार समितिका सभापति होमबहादुर थापाले सुरक्षित संरचना निर्माणका लागि अध्ययन र अनुसन्धानमा समेत जोड दिनु पर्ने धारणा राखे ।

यसैगरि मन्त्रालयका वैदेशीक सहायता महाशाखा प्रमुख डा. विजय जैशीले विदेशका अभ्यास र प्रविधिको प्रयोग गर्दा नेपाली धरातल सुहाउँदो छ कि छैन भनि विश्लेषण गरिनु पर्ने बताए । यस्तै सडक विभागका महानिर्देशक रामहरी पोखरेलले विज्ञहरु राय सुझावलाई नीति निर्माण र योजना कार्यान्वयनमा समेत ध्यान दिईने बताए । यसैगरि मन्त्रालयका सचिव केशवकुमार शर्माले सुरक्षित पूर्वाधार निर्माण, पूर्वाधारको रक्षा जस्ता विषयका लागि जनशक्तिको क्षमता विकासमा समेत ध्यान दिईने बताए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै