साङ्केतिक तस्वीर
झापा । करिव एक महिनाअघि झापाको बिर्तामोडमा नवजात शिशु मृत फेला परेकोमा पुनः साेही ठाउँमा आज पनि शिशु फेला परेकाे छ ।
बिर्तामोड ५ को जात्रुवारीमा गर्भमा अन्दाजी ३/४ महिनाको जस्तो देखिने नवजात शिशु बेवारिसे अबस्था घोप्टो परी मृत फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएकाे छ ।
आज दिउँसो अन्दाजी २.३० बजे जात्रुबारीको घुमाउरो टोलस्थित सडकको छेउमा नवजात शिशु फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।त्यसबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।