मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

झापामा वन फडानी तीब्र, चोरी तस्करीका २ हजारबढी क्युफिट काठ बरामद

देश प्रदेश डेस्क 5185+ समाचार ( )
१० भाद्र २०८०, आइतबार

                                                                              फायल तस्वीर

झापा झापामा केही महिनायता वन फडानी तीब्र रुपमा बढेको छ ।वर्षा मौसमको मौका छोपी चोरी तस्करी गर्नेहरुको समूह सक्रिय बनेको हो ।

गत असार ६ देखि साउन ३० गतेसम्म चोरी तस्करीका २ हजार २३६.४३ क्युफिट काठ बरामद भएको छ । जम्मा ३० वटा चोरी तस्करीका घटनामा त्यति ठूलो परिमाणमा काठ बरामद भएको हो । चोरी तस्करीमा संलग्न २२ जना पक्राउ परेका छन् भने ६ जना फरार रहेका छन् । त्यस्तै चोरी तस्करीमा प्रयोग भएका २४ वटा बोझवाहक सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ । ७ वटा ट्रयाक्टर ,एउटा मोटरसाइकल ,१३ वटा साइकल ,एउटा बोलेरो ,एउटा अटो र एउटा पिकअपलाई काठसहित नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय भद्रपुरकी सूचना अधिकारी अन्जना पुरीले जानकारी दिइन् । बरामद गरिएका काठ अधिकांश साल जातको रहेको छ । साल जातको गोलिया र चिरान काठसंगै मसला , सिसौ , कर्मा , टिक ,आँप ,छतिवन, कपोक र कदमको काठ चोरी तस्करी हुँदै गर्दा बरामद गरिएको सहायक वन अधिकृतसमेत रहेकी पुरीले बताइन् । सबैभन्दा धेरै दमक क्षेत्रमा चोरी तस्करी हुने गरेको छ । त्यसपछि मेचीनगर र सुरुङ्गा क्षेत्रमा हुने गरेको पाइएको छ । चोरी तस्करीका घटना जलथल जंगलमा पनि हुने गरेको घटनाक्रमले देखाएको छ । केही महिनायता वन पैदावार चोरी तस्करीका घटना बढेको बताउँदै सहायक वन अधिकृत पुरीले डिभिजन वन कार्यालय र मातहतका सव डिभिजन वन कार्यालयहरुले गस्तीलाई तीब्रता दिँदा ठूलो परिमाणमा काठसहित मानिस पक्राउ परेको जानकारी दिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार