मुख्य समाचार
पूर्वी झापाका ६ पालिका गाभेर महानगर बनाउन कति सम्भव ? | सेवा प्रवाह सुधार्न गृह मन्त्रालयको कडाइ, सबै जिल्ला प्रशासनमा एकद्वार प्रणाली अनिवार्य | ताप्लेजुङमा पन्छीजन्य वस्तु आयातमा पूर्ण प्रतिबन्ध | सिरहाका मेयरको अभद्र व्यवहार मुद्दा अंगभंगमा परिणत, उनी अझै फरार | कसैलाई पनि गल्ती स्वीकार्य हुँदैन : गृहमन्त्री सुदन गुरुङ | झापाकाे भद्रपुरमा भव्य सिरुवा पावनी मनाइयाे | निर्माण उद्योग ठप्प हुने स्थितिमा, निर्माण उद्योगमा 'आपतकाल' घाेषणाकाे माग | भारतबाट उपभाेग्य बस्तु खरिदमा कडाइः एक सय रुपैयाँ भन्दा माथि भन्सार नीति कति व्यवहारिक? | जनताको दुःख बुझ्न मैदानमा सांसद: झापाका सरकारी कार्यालयमा अनुगमन | झापाको भद्रपुरमा ‘प्रथम फर्कियो जोवन भेट्रान्स कप’ फुटबल प्रतियोगिता हुने |

झापा गिरीबन्धु टी–स्टेट र देउवाको घरमा बम राख्ने सापकोटा पक्राउ

देश प्रदेश डेस्क 5084+ समाचार ( )
१९ मंगशिर २०८१, बुधवार

झापा   विष्फोटक पदार्थ राखेर आतङ्क मच्चाउने अमृत सापकोटा ‘गौरव’ लाई प्रहरीले पक्राउ गरेको छ । गोरखाको छेकम्पार घर भएका ३६ वर्षीय सापकोटालाइ  जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेकाे हाे । उनले सिन्धुलीको मतानबासस्थित नेपाल टेलिकमको टावरमा पनि विस्फोट गराएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । भूमिगत रूपमा नेकपा (माओवादी) नामको पार्टी गठन गरेर अमृतले विस्फोटक पदार्थ राखेर चन्दा असुल गर्ने धन्दा चलाएको आरोप छ । उनले आफूलाई नेकपा (माओवादी)को महासचिव बताउने गर्छन् ।चन्दा सङ्कलन गरेको भेटेपछि उनलाई पक्राउ गरिएको पर्साका एसपी कुमोध ढुंगेलले  बताए । चन्दा उठाउने रसिद र चन्दाको विवरण पनि बरामद गरेकाे उनले जनाए । २०८१ भदौ २८ मा झापाको गिरीबन्धु टी–स्टेट अगाडी विस्फोटक पदार्थ भेटियो । विस्फोटक पदार्थ राखेको ठाउँमा नेकपा (माओवादी) पूर्व केन्द्रीय कमान्डको लेटरप्याडमा ‘गिरबिन्धु टी–स्टेट कब्जा किन ?’ भन्ने पर्चा छाडिएको थियो । सो घट्नामा संलग्न मिक्लाजुङ गाउँपालिका–९ मधुमल्ला घर भएका राजकुमार माझी र कानेपोखरी गाउँपालिका–६ शिवालय घर भएका धिरज माझीलाई झापा प्रहरीले पक्राउ गरेको छ ।

गिरिबन्धु टि स्टेटमा विस्फोटक पदार्थ राख्ने मुख्य योजनाकार गौरव भएको खुलेको छ । पर्सा जिल्लाको मुद्दा टुङ्गो लागेपछि उनलाई अनुसन्धानका लागी झापा पनि पठाइने नेपाल प्रहरीका एक जना उच्च अधिकृतले बताए । गिरीबन्धुमा उसकै योजनामा विस्फोटक पदार्थ राखेको देखिएकाे उनकाे भनाइ छ ।

२०८१ भदौ ९ मा पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित घर अगाडि बम भेटियो । घरको मूलगेटको छेउमा कालो झोलामा माटोभित्र एउटा टिफिन बक्स भेटिएको थियो । सभापति देउवा र उनकी पत्नी परराष्ट्रमन्त्री आरजु राणा देउवा धनगढी जाँदा त्यहीँ बस्छन् । त्यहाँ विस्फोटक पदार्थ राख्ने कामको नेतृत्व अमृतले नै गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

अमृतले माओवादीबाट छुट्टिएर अलग समूह बनाउँदै भूमिगत रूपमा काम गर्दै आएका थिए । उनको साथबाट केही राजनीतिक दस्ताबेज र भूमिगत रूपमा सशस्त्र सङ्घर्ष गर्ने तयारी गरेको कागजात भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका एक जना अधिकृतले  बताए ।

बुद्ध चित्तको रुख काट्ने समूहसँग पनि कनेक्सन

काभ्रेको रोशी गाउँपालिका–५ सिपालीस्थित नागबेलीमा २०८० चैत २९ मा एउटा समूहले बुद्धचित्त मालाको रुख काटे । रुख काटेर घरको ढोकामा दुईवटा सकेट बम राखेर आरोपीहरू फरार भएका थिए ।

स्थानीय ठाकुरानी तामाङको स्वामित्वमा रहेको सो बुद्ध चित्तको माला काभ्रे जिल्लामा सबैभन्दा महँगोमा बिक्री हुँदै आएको थियो । रुख काट्ने समूहको नेतृत्व गर्ने सागर मैनाली अहिले पुर्पक्षको लागी थुनामा छन् । मैनालीसँग अमृतको पनि ‘कनेक्सन’ देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । राताेपाटीबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार