मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

झापामा दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा चार घाइते

देश प्रदेश डेस्क 5185+ समाचार ( )
३ भाद्र २०८१, सोमबार

                                                                                                                              साङ्केतिक तस्वीर

झापा दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा श्रीमान–श्रीमती र बाबु–छोरा घाइते भएका छन् । कन्काई नगरपालिका ७ दुर्गापुर चोकमा

आज दिउँसो २.१० बजे झापाको दुर्गापुर चोकस्थित पूर्वपश्चिम राजमार्गमा सुरुङगाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ३ प ७१५८ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको मे ८ प ४३२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मे ३ प ७१५८ नम्बरको मोटरसाइकल चालक बाह्रदशी– ७ गोलुगाउँ बस्ने बर्ष ४१ का नारायण राजवंशी र मोटरसाइकलमा पछाडी सवार उनकी श्रीमती बर्ष ३८ की सरिता राजवंशी घाइते भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । शरीरको बिभिन्न भागमा चोट लागेर घाइते दुबै जनाको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

त्यस्तै मे ८ प ४३२९ नम्बरको मोटरसाइकल चालक कन्काई – १ प्रजापति टोल बस्ने बर्ष ५० का शान्तिराम खड्का र पछाडी सवार उनका छोरा बर्ष १४ का आर्जल खड्का पनि घाइते भएका छन् । सामान्य अवस्थाका शान्तिराम र गंभीर अवस्थाका आर्जलको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारीसाधन इलाका प्रहरी सुरुङ्गाको नियन्त्रणमा रहेको जनाइएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार