मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

कानुन बनाएर गिरीबन्धुको जग्गा सट्टाभर्नाको निर्णयः ओली

देश प्रदेश डेस्क 5418+ समाचार ( )
९ भाद्र २०८०, शनिबार

 झापा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोडमा रहेको गिरीबन्धु चिया बगानको जग्गा सट्टाभर्नाको निर्णय कानुन बनाएर गरेको दावी गरेका छन्।

कमिसन खाएर उक्त निर्णय गरेको भन्दै छानबिन हुनुपर्ने माग उठेपछि ओलीले कानुन बनाएर स्थानान्तरणका लागि निर्णय गरेको प्रतिक्रिया दिँदै आएका छन्। शनिबार गृहजिल्ला झापाको दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गिरीबन्धु चिया बगानको बोट ६० वर्षभन्दा बुढो भएको र अब काम नदिने भनेर निवेदन आएपछि स्थानान्तरणको निर्णय गरेको बताए। ओलीले अर्काको सम्पत्तिमा स्थानान्तरण रोक्न आफू अंशियार नभएको बताए।

गिरीबन्धु चिया बगान सञ्चालक निवेदन लिएर आएपछि आफूले कानुन र नियम बनाएर निर्णय गरेको ओलीको भनाइ छ। ‘मैले कानुन बनाइदिएँ। कानुन कार्यान्वयन गर्न नियम बनाइदिएँ। उहाँहरूले आदेश मान्नुभयो। १३ वैशाख ०७८ मा सर्त राखेर भूमिसुधारले हेरेर त्यो जमिन ठीक भयो भने वातावरणीय मूल्यांकन गरेर दिन्छ भनेँ,’ उनले भने।

कमिसन खाएर काम गर्नलाई आफू कांग्रेस–माओवादी नभएको भन्दै ओलीले अन्य दलले नयाँ बसपार्क बनाउने नाममा कमिसन खाएर बगानको ७० बिघा जग्गा स्थानान्तरणका लागि निर्णय गरेको दाबी गरे। ‘गिरीबन्धु टि इस्टेट केपी ओलीले खायो भन्छन्। तिनीहरूले एकपटक १९ र एकपटक ५१ बिघा गरेर ७० बिघा जमिन टी इस्टेटलाई सट्टाभर्ना गर्न दिएका थिए। बसपार्क क्षेत्रको भनेको ७० बिघा गैरकानुनी ढंगले कमिसन खाएर गरेको कारोबार हो।’

कमिसन खाएको भए आफू सरकारसँग तर्सिसकेको हुनुपर्ने भन्दै अध्यक्ष ओलीले भ्रष्ट तत्वहरूविरुद्ध आवाज कम नगर्ने बताए।
ओलीलाई पहिचानवादीहरुले कालो झन्डा देखाउने कार्यक्रम रहेको थियो । तर, उनीहरुलाई छक्याउँदै ओली अर्को बाटोबाट कार्यक्रमस्थल पुगेका थिए । ओलीसँगै नेता रघुबिर महासेठ, विशाल भट्टराईलगायत करीब एक दर्जन केन्द्रीय नेताहरु कार्यक्रममा उपस्थित भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार