मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

२६ किलो गाँजासहित दुई किशोर पक्राउ, मोटरसाइकलसमेत नियन्त्रणमा

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२७ अशोज २०८२, सोमबार

सुनसरी जिल्लाको गढी गाउँपालिका वडा नम्बर ४, छिटाहा क्षेत्रमा लागू औषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहवी र इलाका प्रहरी कार्यालय छिटाहाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले २६ किलो गाँजासहित दुई किशोरलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स.२प. ७१४६ नम्बरको मोटरसाइकललाई छिटाहा नहर क्षेत्र नजिक चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा राखिएको कालो झोला र बोरामा प्याक गरिएको अवस्थामा गाँजाजस्तो देखिने लागू औषध फेला परेको हो।

बरामद गरिएको लागू औषधको तौल २६ किलोग्राम रहेको जनाइएको छ।

उक्त मोटरसाइकल चलाइरहेका धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका वडा नम्बर ८ का १६ वर्षीय अतिस राई र पछाडि सवार छिटाहाका १९ वर्षीय विशाल राईलाई नियन्त्रणमा लिइएको छ।

प्रहरीले लागू औषध, मोटरसाइकल र सम्बन्धित युवाहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहवीमा राखी थप अनुसन्धान जारी राखिएको जानकारी दिएको छ।

अनुसन्धानका लागि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार