मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

झापाकाे बुद्धशान्तिमा करेन्ट लागेर एक जनाकाे मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२२ आषाढ २०८२, आइतबार

झापा / झापाकाे बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३, सयपत्री टोलका ३९ वर्षीय रोशन जिमीको आज साँझ करेन्ट लागेर मृत्यु भएको छ।

उनी आफ्नै खेतमा रोपाइँ गर्ने तयारीमा मोटर सेट जडान गरी घर नजिकैको पैनिबाट पानी तान्ने क्रममा अचानक करेन्ट लागेको प्रहरीले जानकारी दिएकाे छ । घाइते भएका उनलाई उपचारका लागि तत्काल बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याइएको थियो। तर, उपचारको क्रममा साँझ ७:१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ। घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट टोली खटिएको छ र थप अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको छ।

स्थानीयवासीका अनुसार रोपाइँको चटारोका बीच अचानक भएको यो घटनाले गाउँमा शोकको वातावरण सिर्जना भएको छ। सुरक्षाको उपाय अपनाउन आग्रह गर्दै स्थानीय निकायले पनि घटना प्रति दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार