मुख्य समाचार
देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन |

बालिकामाथि श्रमशोषण गरेको विषयमा एमाले सांसद शर्मालाई मानव अधिकार आयोगले थाल्यो अनुसन्धान

देश प्रदेश डेस्क 5421+ समाचार ( )
३० माघ २०८१, बुधवार

राष्ट्रिय मानव अधिकार आयोगले लुम्बिनी प्रदेशकी नेकपा एमाले सांसद रेखाकुमारी शर्माले नाबालिकालाई बन्धक बनाएर श्रम शोषण गरेको आरोपको विषयमा अनुसन्धान थालेको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै सहायक प्रवक्ता श्यामबाबु काफ्लेले यस घटनाको आयोगले छानबिन थालेको जानकारी दिएको हो।

शर्माले एक जना नाबालिकालाई ६ वर्षसम्म बन्धक बनाएर श्रमशोषण गरेको आरोप छ। तर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनले मुद्दा नचलाउने निर्णय गरी फाइल महान्यायाधिवक्ता कार्यालयमा पुर्‍याएको छ।

‘आयोगले स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानबिन तथा अनुसन्धान प्रारम्भ गरेको छ। सो क्रममा उच्च सरकारी वकिल कार्यालय पाटन र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पत्राचार गरी नेपाल प्रहरीबाट सरकारी वकिल कार्यालयसमक्ष पेस गरेको राय सहितको प्रतिवेदन सात दिनभित्र उपलब्ध गराउन आयोगले आजै पत्राचार गरेको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

महान्यायाधिवक्ता कार्यालयले पनि जिल्ला र उच्चको निर्णयलाई सदर गर्ने तयारी गरेको छ।

गत जेठ १४ गते बालुवाटारको एक घरबाट नाबालिकाको उद्धार भएको थियो। काठमाडौं महानगरपालिकाको टोलीले नाबालिकाको उद्धार गरेपछि त्यो घर रेखाकुमारी शर्माको भएको खुलेको थियो।

नाबालिकालाई उद्धार गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीले शर्मालाई जोगाएको आरोप लगाउँदै आक्रोश पोखेका थिए।

महानगरले नै जिल्ला प्रहरी परिसर काठमाडौंमा शर्माविरूद्ध जाहेरी दिएका थिए। तर प्रहरीले पनि सत्ता निकट भन्दै छानबिन नै नगरेको आरोप लागेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार