मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

झापामा सामुदायिक वनबाट काठ बिक्री आरोपमा अध्यक्षसहित ८ पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
साङ्केतिक तस्वीर
२१ जेठ २०८१, सोमबार

                                                                                                                             साङ्केतिक तस्वीर

झापा झापाको एउटा सामुदायिक वनबाट काठ चोरी गरेर बिक्रीगरी वनमा अनियमितता गरेको आरोपमा अध्यक्षसहित ८ जनालाइ पक्राउ गरिएको छ । दक्षिणी क्षेत्र कचनकवल गाउँपालिका ७ मा रहेको पाथिभरा सामुदायिक वन उपभाेक्ता समितिका अध्यक्षसहित ८ जनालाइ पक्राउ गरिएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
वनमा केही रुख काटिएका ठुटाहरुको आधारमा र सामुदायिक वनका काठ पनि हराएकोले आरोपितमाथि ०८० चैत ४मा सामुदायिक वनमा अनियमित तरिकाले वन पैदावर काटी हानी नोक्सानी गरेको तथा कोष हिनामिना गरेको आरोपमा मुद्दा दर्ता भएको सुचना अधिकारी अञ्जना पुरीले जानकारी दिइन् ।
मुद्दा दर्तापछि ०८१ जेठ १३ गते (आइतबार) ७ जना र १८ गते (शुक्रबार) थप एकजनालाइ पक्राउ गरिएको पुरीले बताइन् । उनीहरु सवैलाइ घरबाट नै पक्राउ गरिएको उनको भनाइ छ । आरोपितमाथि अनुसन्धान शुरु गरिएको मुद्दाको अनुसन्धान अधिकृत समेत रहेकी पुरीले बताइन् ।

अहिले तिनवटा मात्र ठुटा भेटिएको र हिषाबमा पनि फरक देखिएपछि कती परिमाणको काठ बिक्री भएको बारे थप अनुसन्धान गरेर मात्र के कस्तो कारबाही अगाडि बढने टुङ्गोमा पुगिने उनले जनाइन् । मुद्दा पेस भइसकेपछि मात्र नाम सार्वजनिक गरिने उनको भनाइ छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै