मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

पार्टीको सभापति र देशको प्रधानमन्त्री गगनलाई बनाउँछौं : विश्वप्रकाश शर्मा

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२९ पौष २०८२, मङ्गलबार

झापा / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसको नेतृत्व र देशको प्रधानमन्त्रीका रुपमा गगन थापालाई बनाउने बताएका छन् ।

भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्रको समापनलाई सम्बोधन गर्ने क्रममा उनले याे कुरा बताएका हुन् ।

समापनमा बाेल्दै शर्माले नेपाली काङ्ग्रेसकाे नयाँ नेतृत्वले लोकतान्त्रिक ढंगले, स्वस्थ ढंगले प्रतिस्पर्धा गरौं भनेर आउँदैछ । र नेपाली कांग्रेस पार्टी, नेपाली कांग्रेसको नेतृत्व र मुलुकको प्रधानमन्त्री बन्नेगरी गगन थापालाई अधिलगाएर आउँदैछ भन्ने कुरालाई पब्लिकमा लिएर जानुपर्ने बताए ।

नेतृत्व चयन गरिसकेपछि प्रतिनिधिहरु घर फर्किन मिल्ने भएपनि आफूहरु निर्वाचन आयोग जानुपर्ने स्थिति रहेको उनले बताए ।

निर्वाचन आयोगले विशेष महाधिवेशनले के म्याण्डेट लिएर आयो भनेर पर्खिरहेको हुने जिकिर उनले गरे ।

‘यहाँबाट नेतृत्व चयन गरिसकेपछि तपाईंहरु कतिपय घर फर्किंदा होला तर हामीलाई निर्वाचन आयोगले पर्खिरहेको हुन्छ । विशेष महाधिवेशनबाट कस्तो नेतृत्व चयन गर्‍यो । के निर्णय लिएर आयो भनेर पर्खिरहेको होला । हामीले निर्वाचन आयोग पनि पुग्नुछ,’ उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार