मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

बिर्तामोडका पूर्वमेयर शिवाकोटीलाई आज अदालतमा पेश गरिने

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१९ पौष २०८१, शुक्रबार

झापा  घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परी करिव एक महिनादेखि बीएण्डसी अस्पतालमा रहेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई आज अदालतमा पेश गरिने भएको छ ।

सरकारी वकिलको कार्यालयले आज उनलाई अदालतमा बुझाउने भएको हो । अस्पतालमा रहेकै बेला शिवाकोटीसंगको बयान लिएर प्रहरीले अनुसन्धान पूरा गरेको थियो । आफूहरुले मुद्धा सरकारी वकिलको कार्यालयलाई बुधवार बुझाइसकेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । उनले त्यसपछिको प्रक्रिया सरकारी वकिलको कार्यालयले थालेको जानकारी दिए ।

सरकारी वकिलको कार्यालयले आज अभियोजन पत्र बुझाएको खण्डमा आइतवार मात्र मुद्धाको सुनुवाई हुने झापा जिल्ला अदालतका स्रेस्तेदार किरणकुमार सिंहले बताए ।

घरेलु कामदारको रूपमा राखिएकी नाबालिकालाई करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ परेकै दिनदेखि बीएण्डसी अस्पतालमा राखेको छ । स्वास्थ्यमा समस्या भएको देखिएपछि शिवाकोटीलाई अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीले उनलाई गत मंसिर २४ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार