मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान

देश प्रदेश डेस्क 5416+ समाचार ( )
६ आषाढ २०८३, शनिबार

झापा / इरानले अन्तर्राष्ट्रिय सम्झौता उल्लङ्घन भए त्यसको सम्पूर्ण जिम्मेवारी अमेरिकाले वहन गर्नुपर्ने चेतावनी दिएको छ। इरानी अधिकारीहरूले सम्झौताको पालना सबै पक्षले समान रूपमा गर्नुपर्नेमा जोड दिँदै कुनै पनि एकपक्षीय कदमले क्षेत्रीय तनाव थप बढाउन सक्ने बताएका छन्।

अल जजिराका अनुसार इरानका विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार पाकिस्तानी विदेशमन्त्री इशाक डारसँगको टेलिफोन वार्तामा यस्तो बताएका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका बाध्यताले नभई इरान आफैँ वार्ताको टेबुलमा आएको दाबी गरेका छन्। आगामी ६० दिनसम्म इरानले अमेरिकाबाट एक पैसा पनि नपाउने उनले बताए।

इरानको भनाइअनुसार यदि सहमति विपरीत निर्णय वा हस्तक्षेप गरियो भने त्यसबाट उत्पन्न हुने राजनीतिक तथा सुरक्षा परिणामको जिम्मेवारी अमेरिकाले लिनुपर्नेछ। पछिल्ला घटनाक्रमसँगै मध्यपूर्व क्षेत्रमा तनाव बढिरहेका बेला इरानको यो अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय स्तरमा महत्वका साथ हेरिएको छ।

यस विषयमा अमेरिकाबाट भने तत्काल कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। विश्लेषकहरूले दुवै पक्षबीचको तनावले क्षेत्रीय स्थिरतामा असर पार्न सक्ने बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार