राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजमात्रै पदबाट राजीनामा दिएका
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पक्राउ गरेर
छानबिन गर्नुपर्ने बताएको छ ।
आजको प्रतिनिधिसभामा राप्रपाका
प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गुप्ताले मन्त्री पदबाट राजीनामा दिएर
मात्रै नपुग्ने भन्दै पक्राउ गरेर छानबिन गर्न माग गरे ।
बहालवाला
मन्त्रीले घूसको डिल गरेको अडियो सार्वजनिक हुने बेलासम्म छानबिन गर्ने
निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग के हेरेर बसेको छ भन्ने प्रश्न पनि
सांसद शाहीले गरे ।