मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

दोस्रो भद्रपुर रन प्रतियोगितामा पुरुषतर्फ हप्ना टुडु र महिलातर्फ बिन्दा राई प्रथम

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१७ अशोज २०८१, बिहीबार

झापा बडादशैंको अवसर पारी  घटस्थापनाका दिन आयोजना गरेको दोस्रो भद्रपुर रन  प्रतियोगितामा पुरुषतर्फ हप्ना टुडु र महिलातर्फ बिन्दा राई प्रथम भएका छन् । भद्रपुर ८ नम्बर वडा कार्यालयले  आयोजना गरेको थियाे । प्रतियोगितामा पुरुषतर्फ भद्रपुर–४का टुडुले ८.५ किलोमिटर दौड २६ मिनेटमा र भद्रपुर–२ की राईले ६ किलोमिटर दौड २६ मिनेट ३ सेकेन्डमा पूरा गरेका थिए । उनीहरूले नगद ३१ हजारसहित प्रमाणपत्र पाएका छन् । त्यस्तै पुरुषतर्फ दोस्रो सुनिराम हेमरम, तेस्रो इन्द्र मगर, चौथो अंकित राई, पाँचौँ विवेक लिम्बु, छैटौँ अविक राई, सातौँ शिव हेमरम, आठौँ नरेश खड्का, नवौँ सुरेश गुरुङ र दसौँ दिलकुमार राजवंशी भएका थिए  ।

महिलातर्फ दोस्रो रक्षा मर्डी, तेस्रो रिता र्मुर्मु, चौथो आकृति लिम्बु, पाँचौँ एलिना टुडु, छैटौँ सुजना तामाङ, सातौँ झरना श्रेष्ठ, आठौँ नुमा लिम्बु, नवौँ ऋतु लिम्बु र दसौँ आशा राई भएका थिए ।
उनीहरूलाई क्रमशः २१ हजार, ११ हजार, ५ हजार, २ हजार र छैटौँदेखि देखि १० औसम्मलाई नगद एक हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । विजेता खेलाडीहरूलाई कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशी, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, भद्रपुर झापा गोल्डकपमा अध्यक्ष दीपेश ढकाल, ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा (मनोज), भद्रपुर नगरपालिका प्रमुख प्रकाशकीय अधिकृत सुनिल निरौला लगायतका पुरस्कार दाताहरूले पुरस्कार प्रदान गरेका थिए । दाैडमा २ हजार ५ सय जना भन्दा बढी सहभागी भएकाे  आयाेजक समितिले जनाएकाे  छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार