मुख्य समाचार
झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? |

चन्द्रगढीमा युवतीमाथि खुकुरी प्रहार

देश प्रदेश डेस्क 5187+ समाचार ( )
६ कार्तिक २०८२, बुधवार

 झापा   झापा चन्द्रगढीको पश्चिम क्षेत्रमा आज दिउँसो करिब १ बजे भएको खुकुरी आक्रमणमा एक २० वर्षीया युवती घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालय झापाले दिएकाे  जानकारी अनुसार  भद्रपुर नगरपालिका–१०, सयपत्री मार्गकी सुरेखा मुखिया रहेकाे जनाएकाे छ ।

उनको दायाँ हात र कानमा चोट लागेको र अहिले उनलाई ओम साई पाथीभरा अस्पताल, भद्रपुरमा उपचार भइरहेको जनाइएकाे छ।

 घटनाको अनुसन्धान जारी छ र हालसम्म आक्रमणकारीको पहिचान नखुलेकाे जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।  घटनाको कारण र विस्तृत विवरण खुल्न बाँकी रहेकाे उनले जनाए ।

घटनापछि स्थानीयहरूले उनलाई तत्काल अस्पताल पुर्‍याएका थिए। अस्पताल स्रोतका अनुसार उनको अवस्था स्थिर छ तर चिकित्सकीय निगरानीमा राखिएको छ।

प्रहरीले घटनाको बारेमा थप जानकारी संकलन गरिरहेको छ र सो समयमा उक्त क्षेत्र वरपर रहेका व्यक्तिहरूलाई अनुसन्धानका लागि सम्पर्क गरिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार