मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

कुन शाकाहारी खानामा अण्डा भन्दा बढी प्रोटिन पाइन्छ

देश प्रदेश डेस्क 5185+ समाचार ( )
२९ माघ २०८१, मङ्गलबार

पछिल्लो समय शाकाहारी बन्नेहरूको संख्या बढेको छ । तर शाकाहारी भोजनमा पर्याप्त प्रोटिन पाउनु चुनौतीपूर्ण हुन सक्छ । अण्डालाई प्रोटिनको राम्रो स्रोत मानिन्छ । तर केही शाकाहारीहरू अण्डा खाँदैनन् । 

तर अण्डाभन्दा बढी प्रोटिन पाइने शाकाहारी खानेकुराहरू पनि छन् । यसले तपाईंको दैनिक प्रोटिनको आवश्यकता पूरा गर्न सक्छ र मांसपेशीको वृद्धिमा सहयोगी हुन सक्छ । यी खानेकुराहरूलाई आफ्नो दैनिक आहारमा समावेश गरेर, तपाईँले बिना कुनै चिन्ता पर्याप्त मात्रामा प्रोटिन प्राप्त गर्न सक्नुहुन्छ ।

वर्गीकृत विज्ञापन

Deshpradesh Advertisement सबै हेर्नुहोस् 

प्रोटिन हाम्रो शरीरको लागि एक आवश्यक पोषक तत्त्व हो, जुन मांसपेशी निर्माण र मर्मतको लागि आवश्यक छ । मांसाहारी व्यक्तिहरूको लागि प्रोटिनका धेरै स्रोतहरू उपलब्ध छन्, जस्तै अण्डा, मासु, माछा आदि । तर, शाकाहारीहरूका लागि प्रोटिनको स्रोत सीमित हुन्छन् । अन्डामा भन्दा धेरै प्रोटिन पाइने शाकाहारी खानेकुरा यस प्रकार छन्: 

भटमास

भटमास प्रोटिनको उत्कृष्ट स्रोत हो । एउटा अण्डामा लगभग १३ ग्राम प्रोटिन हुन्छ । १०० ग्राम भटमास लगभग ३६ ग्राम प्रोटिन हुन्छ । भटमासमा आवश्यक सबै नौ एमिनो एसिडहरू पनि पाइन्छ । यी कारणले पनि भटमास प्रोटिनको पूर्ण स्रोत हो ।, यसलाई धेरै तरिकाले प्रयोग गर्न सकिन्छ । तोफु, टेम्पेह, सोया दूध र भटमासको दाना आदिको रुपमा यसलाई खान सकिन्छ । 

दाल

दाल प्रोटिनको अर्को राम्रो स्रोत हो । १०० ग्राम दालमा लगभग २४ ग्राम प्रोटिन हुन्छ । दालहरूमा फाइबर, आइरन र अन्य पोषक तत्त्वहरू पनि प्रशस्त मात्रामा पाइन्छ । दाललाई दाल दाल मखानी र झोल जस्ता विभिन्न परिकारमा प्रयोग गरेर खान सकिन्छ । 

यी दुई बाहेक पनि चीज, दही, बदाम, बियाँ, क्विनोआ, चिया सीड आदि पनि प्रोटिनका राम्रा स्रोत हुन् । दैनिक आहारमा प्रोटिन थप्ने अन्य केही तरिका पनि छन् । 

  • बिहानको खाजामा दही वा चीज खाने । 
  • आफ्नो दिउँसोको खानामा दाल वा भटमास समावेश गर्ने ।
  • बेलुकाको खानामा टोफु वा टेम्पेह खाने । 
  • खाजाको रूपमा बदाम वा बियाँ खाने । 

शाकाहारीहरूले पर्याप्त प्रोटिन प्राप्त गर्न आफ्नो आहारमा प्रोटिनका धेरै स्रोतहरू समावेश गर्नु पर्छ । भटमास र दाल प्रोटिनका दुई उत्कृष्ट स्रोत हुन् । जसलाई शाकाहारीहरूले बिना सोचविचार आफ्नो आहारमा समावेश गर्न सक्छन् । तर स्वस्थ रहन प्रोटिन बाहेक अन्य पोषक तत्त्वहरूको सेवन गर्नु पनि महत्त्वपूर्ण छ भन्ने चाँहि हामीले भुल्नु हुन्न । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै