मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

झापामा कालो सीसा प्रयोग गर्ने सवारीविरुद्ध ट्राफिकको कडाइ, दुई दिनमै २४ गाडीमाथि कारबाही

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१८ आषाढ २०८३, बिहीबार

झापामा ट्राफिक प्रहरीले नियमविपरीत कालो सीसा प्रयोग गर्ने सवारीसाधनमाथि कडा निगरानी र कारबाही अभियान सुरु गरेको छ। आपराधिक गतिविधि नियन्त्रण र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै यस्तो अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईका अनुसार पछिल्ला दुई दिनमा २४ वटा चारपांग्रे सवारीबाट कालो सीसा हटाइएको छ। उनका अनुसार मंगलबार १५ वटा र बुधबार ९ वटा गाडीमा प्रयोग गरिएको कालो सीसा निकालिएको हो।

प्रहरीका अनुसार कालो सीसाको प्रयोग गरेर हतियार, लागूऔषध, सुन तथा अवैध मुद्रा ओसारपसार गर्ने, साथै फरार अपराधीहरू लुकिछिपी आवतजावत गर्ने घटनाहरू देखिन थालेपछि निगरानी कडा पारिएको हो। यस्तै हिंसाजन्य तथा दुर्व्यवहारसम्बन्धी घटनाहरूमा समेत वृद्धि हुन थालेपछि प्रहरीले विशेष चासो दिएको जनाएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार सम्बन्धित अधिकारीको स्वीकृतिबिना सवारीको रंग, सिट संख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन हुने गरी कुनै पनि हेरफेर गर्न पाइँदैन।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार