मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

रात्रिबसको ठक्करबाट हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएपछि आक्रोशितहरुले गरे प्रहरी विटमा आगजनी

देश प्रदेश डेस्क 5416+ समाचार ( )
७ कार्तिक २०८१, बुधवार

झापा रात्रिबसको ठक्करबाट हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएपछि आक्रोशितहरुले केर्खा बजारमा रहेको प्रहरी विटमा आगजनी गरेका छन् । करिव हजारको संख्यामा रहेका स्थानीयले रतुवामाई बृक्षरोपण आयोजना अगाडि रहेको प्रहरी बिटमा आगजनी गरेका हुन् । सडकमा टायर बालेर उनीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिरहेका छन् । असुरक्षित महसुस गरिरहेका सुरक्षाकर्मीहरु केर्खा प्रहरी चौकीभित्र रहेका छन् । काँकडभिट्टाबाट काठमाडौतर्फ जाँदै गरेको रात्रिबसले कमल गाउँपालिकाको केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो ।मृत्यु हुने हजुरबुवा र नातिनी कमल ३ का हुन् । मनोज लिम्बूकी अन्दाजी १२ वर्षकी छोरी कृपा लिम्बू र उनका बुवाको मृत्यु भएको खुलेको छ । ती बालिकाको आज जन्मदिन रहेको र जन्मदिन मनाउन नातिनीलाई लिएर हजुरबुबाले बर्थडे लिन गएका थिए । बर्थडे केक र मासु लिएर हजुरबुवा र नातिनी इलेक्ट्रिक साइकलमा फर्कदै गर्दा रात्रिबसले ठक्कर दिएको हो । बर्थडे केक र मासु सडकभरि छरपष्ट रहेको छ भने इलेक्ट्रिक साइकल क्षतिग्रस्त भएको छ ।आक्रोशित समूहले त्यहाँस्थित ट्राफिक प्रहरी बिटमा आगजनी गरेर आसपास क्षेत्रमा तोडफोड समेत गरेको छ । स्थितिलाई नियन्त्रणमा लिन त्यहाँ प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । बस र बस चालक शिवसताक्षी नगरपालिका वडा नम्बर–१ का ३२ बर्षिय बिशाल ठटाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट डीएसपी कृष्णकुमार चन्दको कमाण्डमा ७० जना र सशस्त्र प्रहरी बल पाडाजुँगीबाट निरन खड्काको कमाण्डमा ७० जनासहित ठुलो संख्यामा सुरक्षाकर्मी घटनास्थलमा परिचालन गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार