मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

मैत्रीपूर्ण फुटबल खेलमा ५ गाेलकासाथ प्रेस क्लव भद्रपुर विजयी

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२९ मंगशिर २०८२, आइतबार

झापा / जेसीज सप्ताह अन्तर्गत प्रेस क्लव भद्रपुर र भद्रपुर जेसीज विच भएकाे मैत्रीपूर्ण फुटबल खेलमा ५ गाेलकासाथ प्रेस क्लव भद्रपुर विजयी भएकाे छ ।

झापाकाे मेची रङ्गशाला भद्रपुरमा आइतबार विहान ९ बजे सुरु भएकाे खेलमा क्लवका तर्फबाट ५ गाेल गरेर क्लव विजयी भएकाे हाे।

खेलकाे केहि समयपछि जेसीजकाे तर्फबाट माइकल तामाङ १ गाेल गरेका थिए भने खेलकाे ७ मिनेट पछाडि क्लवका खेलाडीबाट हेण्ड भएपछि पेनाल्टी पाएर खगेन्द्र पाण्डेले  पुनः अर्काे गाेल गर्दै जेसीजलाई २ गाेलकाे अग्रता दिलाएका थिए ।

२ गाेल खाएकाे क्लवले निकै दवाव सहेर खेलकाे १७ ‌औं मिनेेटमा क्लवका उपाध्यक्ष राेहित काफ्लेले पहिलाे गाेल गर्दै खेललाई राेचक बनाएका थिए ।

हापटाइम पछि  खेलकाे २४ औं मिनेटमा जेसिजका खेलाडीले बल हेण्ड गरेपछि पेनाल्टी पाएर क्लवलाई राेजल पाठकले पुनः १ गाेल गर्दै खेललाई बराबरमा ल्याएका थिए । खेल झन राेचक बन्दै गएकाे थियाे । खेलकाे २५ औं मिनेटमा  पुनः पेनाल्टी पाएकाे क्लवले राेजल पाठककाे पेनाल्टी सुटआउटबाट १ गाेल थप्दै क्लवले खेललाई आफ्नाे पक्षमा पारेकाे थियाे । लगातार दवाव सहदै गरेकाे जेसीजले खेलकाे ३१ औं मिनेटमा सुशान्त नेपालले हानेकाे प्रहारले थप एक गाेल गर्दै  २- ४ काे अन्तरमा पुगेकाे थियाे  । खेलकाे ३९ औं मिनेटमा पुनः सुशान्त नेपालले १ गाेल गर्दै क्लवले ५ गाेल गर्न सफल भएकाे थियाे ।

जम्मा ४० मिनेटकाे समयावधी ताेकिएकाे खेलमा अतिरिक्त ५ मिनेटकाे समय थप गरिएकाे थियाे । खेलकाे म्यान अफ दि म्याच क्लवका गाेलकिपर इश्वर अधिकारी भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार