मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

उज्यालाे नेपाल हटाएर नेपाल जनसेवा पार्टी राख्ने अन्तिम तयारी

देश प्रदेश डेस्क 5423+ समाचार ( )
२४ कार्तिक २०८२, आइतबार

झापा /  कुलमान धिसिङकाे नेतृत्वमा खाेलिन लागेकाे राजनैतिकदल उज्यालाे नेपाल पार्टी हटाएर नेपाल जनसेवा पार्टी राख्न लागिएकाे धिसिङ निकट स्राेतले जानकारी दिएकाे छ ।

घिसिङ अहिले अन्तरिम सरकारमा ऊर्जा, सहरी विकास र भौतिक पूर्वाधार मन्त्री छन्।

घिसिङको नेतृत्वमा उज्यालो नेपाल पार्टी गठन गर्न छलफल भए पनि केहीले उक्त नाम नराख्न सुझाव दिएका कारण अव पार्टीकाे नाम नेपाल जनसेवा पार्टी नाम राख्ने अन्तिम चरणमा पुगेकाे हाे ।

सुमना श्रेष्ठसहित केही नेताहरूले उज्यालो नेपाल पार्टी नाम राख्दा एक जनाको पार्टीजस्तो देखिने भन्दै फरक नाममा पार्टी गठनको सुझाएका थिए। त्यसकारण नेपाल जनसेवा पार्टी नाम राख्नेबारे लगभग सहमति भएको हो।

आज भरै र भोलि पनि छलफल गरेर जनसेवा पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिने तयारी रहेको घिसिङनिकट स्रोतले जनाएको छ। 

अहिले घिसिङ मन्त्री रहेकोले नेतृत्व खुलाएर जाने कि नजाने भन्नेबारे निर्णय भइसकेको छैन। तर घिसिङ आफ्नो नेतृत्वमा नयाँ दल खोल्ने मनस्थितिमा छन्।

‘यो कुलमानजी नेतृत्वको पार्टी हो तर अहिले नेतृत्व नखुलाउने, पदाधिकारी पनि नराख्ने र केन्द्रीय सदस्यहरू मात्रै राखेर दल दर्ता निवेदन दिने तयारी छ,’ उक्त स्रोतले भन्यो, ‘अरू पार्टीबाट आएकालाई पदाधिकारी नराख्ने भन्ने पनि छ, थप छलफलपछि निर्णय होला।’

जनसेवा पार्टीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पनि समर्थन रहने उक्त स्रोतको दाबी छ। ‘अहिले बालेनजीको पनि समर्थन रहन्छ तर उहाँ प्रत्यक्ष रूपमा जोडिनुहुन्छ कि हुन्न यकिन छैन,’ उक्त स्रोतले भन्यो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै