झापा । 'घरघरमा माओवादी, जनजनमा माओवादी’को नाराका साथ माओवादी केन्द्रले सुरुवात गरेको ३ महिने अभियान अन्तर्गत झापा जिल्लामा पनि सबै स्थानीयतहमा गएर केन्द्रले विभिन्न कार्यक्रम गरी उद्घाटन गरिएको छ ।
शनिबार जिल्लाका
एक सय एकतीस वटै वडामा फरक फरक कार्यक्रम गरी तीन महिने अभियान उद्घाटन
गरिएको हो ।
अर्जुनधारा–५ को भानु माविमा भएको कार्यक्रममा उमेश साहलाई
पार्टी प्रवेश गराएर कार्यक्रमको उद्घाटन गरिएको थियो । पार्टीका वडाध्यक्ष
कमलचन्द्र डाँगीको अध्यक्षता र प्रदेश समिति सदस्य खड्ग तिम्सिना (पवन) को
प्रमुख आतिथ्यमा भएको कार्यक्रमका सहभागीहरुले विद्यालय परिसर सरसफाई
गरेका थिए ।
त्यस्तै वडा नम्बर ६ को बालविकास केन्द्रमा प्रदेश समिति
सदस्य तथा झापा जिल्ला सहइञ्चार्ज सिपी कडरियाको प्रमुख आतिथ्यतामा उद्घाटन
कार्यक्रम भएको थियो ।
नारायण चोकमा भएको वडा नम्बर ७ को कार्यक्रममा
शहिद डिल्ली नारायण पौडेलकी आमा प्रेमकुमारी पौडेललाई सम्मान गरिएको थियो ।
उक्त वडाको इञ्चार्ज श्यामबिर लिम्बू रहेका छन् ।
वडा नम्बर ८ का शहिद
अनन्त पौडेलका बुवा यामनाथ पौडेल र चन्द्र कडरियाका बुवा विष्णु कडरियालाई
सम्मान गरेर कार्यक्रम उद्घाटन गरिएको नगर अध्यक्ष नारद दुखीले जानकारी
दिए ।
अन्य वडाहरुमा समेत विभिन्न रचनात्मक कार्यक्रम गरी अभियानको उद्घाटन गरिएको छ ।
त्यस्तै झापाको हल्दिबारीमा आज रक्तदानसँगै शहीद तथा बेपत्ता परिवारसँग भेटघाट गरी अभियान उद्घाटन गरिएको छ ।
हल्दिबारीका
पाँच वटै वडामा विविध कार्यक्रमका साथ अभियानको शुरुवात गरिएको नेकपा
माओवादी केन्द्र गाउँपालिका कमिटी सचिव दीप राजवंशीले जानकारी दिए ।
अभियान
अन्तरगत नेकपा (माओवादी केन्द्र) २ नम्बर वडा कमिटीको आयोजनामा रक्तदान
कार्यक्रम भएको हो । पार्टीकी केन्द्रीय सदस्य ममता ताजपुरिया राजवंशीले
रक्तदान गर्दै अभियानको उद्घाटन गरिन् । हल्दिबारीको वडा नं. ३ र ४, ५
वडामा शहीद तथा बेपत्ता परिवार एवम् पूर्व जनमुक्ति सेनासँग भेटघाट गरिएको छ
।
अभियान अन्तरगत वडा नं. ३ मा पार्टीका प्रदेश सल्लाकार सुरेन मेचे र
गाउँपालिका उपाध्यक्ष टीका राउत लगायतको टोली वडा नं. ५ विजय लावती, वडा
नं. ४ मा प्रदेश सदस्य शिखर कडरिया, गाउँपालिका सचिव दीप राजवंशी, जिल्ला
सदस्यद्वय देवान टुडू र रामहरि नेपालको टोली लगायतको टोली जनताको घरघरमा
पुगेका थिए । भेटघाटमा शहीद तथा बेपत्ता परिवार एवम् पूर्वजनमुक्ति
सेनाहरुले नेता सुध्रिनु पर्ने, जनतासँग नियमित भेटघाट गर्नुपर्ने, जनताको
चाहना र आवश्यकता सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए ।
झापाको
बुद्धशान्तिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सचिव
राम कार्की ‘पार्थ’ले जनतासँगको सम्बन्ध घनिष्ठ बनाउनुपर्ने बताए ।
बुद्धशान्ति–४
को टीमाई शिविरमा आयोजित गाउँपालिकाको विस्तारित बैठक तथा अभियान उद्घाटन
समारोहलाई सम्बोधन गर्दै कार्कीले माओबादीलाई फेरि जनतातिरै फर्काइदिएको
बताएका हुन् । ‘हाम्रा चालचलनहरु विग्रिँदै गएका छन् । हामीले साथीभाई
बिर्सिएका छाँै’ उनले भने । अब हामी सच्चिएर जनतासामु जानुपरेको हो ।’
बुद्धशान्तिको
सुकुम्बासी, पानीको समस्या लगायत विकासका समस्याहरु सम्बोधन गराउन
प्रधानमन्त्रीसँग कुरा राख्नेसमेत आश्वासन दिए । कार्यक्रममा पार्टीका
केन्द्रीय सदस्य तथा अभियानका मेचीनगर–बुद्धशान्ति संयोजक गोम्बु शेर्पा
(कर्ज्याङ), बुद्धशान्ति गाउँ कमिटी अध्यक्ष प्रेम लिम्बु लगायतले मन्तब्य
राखेका थिए ।
यस्तै, मेचीनगरको धुलाबारीमा प्रदेश नम्बर १ सदस्य राजु
दाहालको प्रमुख आतिथ्यता तथा केन्द्रीय सल्लाहकार मुुकुलचन्द्र राजवंशीको
विशिष्ठ आतिथ्यतामा दुई विपन्न जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
कार्यक्रममा शिक्षक नेता टीका पौडेल, अभियान प्रमुख प्रकाश खड्कालगायतले
बोलेका थिए ।
यस्तै, भद्रपुरमा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान
अन्तर्गत भद्रपुर वडा ७ मा अभियान सुचारु गरिएको छ । कार्यक्रममा पूर्व
सभासद पूर्णसिंह राजवंशी, प्रदेश सदस्य निरु खतिवडा, जिल्ला सदस्य नरपति
वानेम, शिबु बुढाथोकीलगायतको आतिथ्यता रहेको थियो ।
बिर्तामोड नगरपालिका वडा नम्बर ३ बिराट पोखरी परिसरमा सरसफाइ तथा बोटबिरुवा गोडमेल कार्यक्रम गरेर अभियानको उद्घाटन गरेको छ ।
अभियानको
उद्घाटन पार्टीका केन्द्रिय सदस्य शिवकुमार मण्डलले गरेका छन् ।
बिर्तामोड–३ का पार्टी वडाध्यक्ष तुलसी ढकालको अध्यक्षतामा भएको
कार्यक्रममा अभियान बिर्तामोड कमाण्ड प्रमुख कल्पना कार्की (भुमिका),
पार्टीका केन्द्रिय सल्लाहकार टेकबहादुर साह शंकर, बिर्तामोड नगर अध्यक्ष
मोहन सुब्वा, उपाध्यक्ष कमल कडरिया, छाँया सिग्देल, वडा इञ्चार्ज जगन्नाथ
भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
बिर्तामोड–४ मा कार्यकर्तासँग
अन्तरक्रिया गरेर अभियानको उद्घाटन गरिएको छ । पार्टीका केन्द्रिय सदस्य
शिवकुमार मण्डल, बिर्तामोड–४ का अभियान संयोजक राकेशकुमार सिंह,
वडाउपाध्यक्ष धनसिंह राजवंशी, ओमप्रकाश श्रेष्ठ ४ नं. वडा कमाण्ड प्रमुख
देबकला प्रसाई, बिर्तामोड नगर उपाध्यक्ष कमलप्रसाद कडरियालगायतको उपस्थिति
रहेको थियो ।
कमल गाउँपालिका वडा नं. ७ का यूवाहरुले आज श्रमदानबाट भत्किएको सडक मर्मत गरेका छन् ।
३
महिने अभियानमा कमल गाउँपालिकामा बृक्षारोपण, सडक तथा बजार सरसफाई लगायतका
कामको थालनी गरेको कमलमा अभियान संयोजक माओवादी केन्द्र कोशी प्रदेशका
सहसचिव गणेश उप्रेती (शुशिल)ले बताए ।
त्यस्तै दमक ७ मा शहिद तपिन राई,
धिरेन चोम्जोङ र गोमा मिश्रको परिवारलाई सम्मान गरेर अभियान उद्घाटन भएको
थियो । अन्य वडाहरुमा वृक्षारोपण, सडक सरसफाई लगायन कार्यक्रम भएको छ ।
पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो
(मौसम), जिल्ला संयोजक राजु आचार्य (अग्नी) लगायतले दमकको कमाण्ड
सम्हालिरहेका छन् । आज झापामा माओवादी केन्द्रका करीब १२ हजार नेता
कार्यकर्ता परिचालन भएको संयोजक आचार्यले जानकारी दिए ।
माओवादी केन्द्रले खटाएको नेताहरूले उक्त अभियान अन्तर्गत रहेर २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका काम कारबाहीहरूको जानकारी गराउने र पार्टी सदस्य ८ लाख पुर्याउने लक्ष्य लिएको छ ।
सोही अनुसार कोशी प्रदेशका १४ जिल्लामा पनि माओवादी केन्द्रको विशेष रूपान्तरण अभियानको थालनी गरिएको छ । औपचारिक रूपमा माओवादी केन्द्रले प्रदेशका १४ जिल्लाका १३७ पालिकाहरूमा शनिबारबाट आफ्नो अभियान अन्तर्गतको गतिविधिहरू अघि बढाएको माओवादी केन्द्रले जानकारी दिएकाे छ ।
३ चरणमा सञ्चालन हुने उक्त अभियानमा संगठन सुधार तथा विस्तारदेखि समस्या समाधान तथा विभिन्न विषयहरूमा बहस र अन्तरक्रिया हुने छ । अभियान अन्तर्गत पहिलो चरणमा तहगत बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण, संगठन विस्तार, कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तर्विरोधको पहिचान र समाधानको पहल, तथा कार्यकर्ता व्यवस्थापनका लागि कोष निर्माण गरिने छ भने दोस्रो चरणमा पार्टीमा पाँच घण्टे अन्तरपार्टी स्कुलिङ, विषयगत अन्तर्क्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोलटोलमा युवा भेला जस्ता कार्यक्रम गरिने कार्यविन्यास रहेको छ । तेस्रो चरणमा भने जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित जनपरिचालन कार्यक्रम, सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यबद्धताका कार्यक्रम रहेको छ ।