मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

भारतीय कारकाे ठक्करबाट नेपालमा कार्यरत भारतीय मजदुरकाे मृत्यु , अर्का घाइते

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२७ पौष २०८१, शनिबार

झापा भारतीय कारकाे ठक्करबाट नेपालमा कार्यरत भारतीय मजदुरकाे मृत्यु भएकाे छ भने अर्का घाइते भएका छन् ।मृत्यु हुनेमा भारतको कुच बिहार पश्चिम बगाल बस्ने बर्ष २५ को अप्पु राय छन् भने घाइते हुनेमा साेही ठाउँका  बर्ष २० को केशव मादक रहेकाे  जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । उनीहरू मेची नगरपालीका १५ हिम शिखर फ्याक्ट्रीमा कार्यरत हुन्।

प्रहरीले दिएकाे विवरण अनुसार शुक्रबार राति साढे ९ बजे झापा मेचीनगर नगरपालिका वडा न.-१५ भगवती प्लाई फ्याक्ट्री स्थित ज्यामीरगढीबाट धुलाबारी तर्फ जाने भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जादैं गरेको तत्काल नम्बर नखुलेको  कारले दुवैजना पैदल यात्रीलाइ ठक्कर दिएकाे थियाे ।  ठक्करबाट घाईते भई उपचारको लागी आम्दा अस्पताल धुलाबारी लगेकोमा उपचारको क्रममा राति साढे ११  बजे अप्पु रायलाई डाक्टरले मृत घोषणा गरेको र केशव मादकलाई थप उपचारको लागी B&C अस्पताल बिर्तामोड पठाई उपचार भइरहेको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीबाट उक्त कारको खोजतलास गर्दा  शनिबार विहान ११ः२० बजे भारत वेष्टबेगाल बागडुग्र बस्ने अन्दाजी बर्ष २३ को रोसन खत्री लाई WB74AG1225 नम्बरको कार समेत नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ । कारसहित चालकलाइ इलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याई आवश्यक आनुसन्धान भई रहेको  प्रहरीले जनाएकाे छ l

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार