झापा । मोरङको पथरी शनिश्चरे –१ स्थित हहिजो बेलुकी ६ः३० बजेतिर सवारी दुर्घटना हुँदा घाईते भएका करिब २० वर्षका युवकको उपचारका क्रममा ज्यान गएको हो।
उनलाई
उर्लाबारीको मदन भण्डारी ट्रमा सेन्टरमा उपचारका लागि भर्ना गरिएको थियो।
उपचारका क्रममा हिजो साँझ ७.४० बजेट डाक्टरले मृत घोषणा गरेका थिए।
ठक्कर दिने सवारीसाधन फरार रहेकाले खोजी कार्य भैरहेको र मृतकको पहिचान नखुलेकाले आफन्त तथा परिवारको खोजी कार्य पनि भैरहेको प्रहरीले जनाएको छ ।
रियाली सामुदायिक वन उपभोक्ता समूहको सडकखण्डमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।