मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

गाेबरका दाउरा झापा कचनकवलवासीकाे इन्धनकाे सहारा

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२२ माघ २०८०, सोमबार

झापा जाडोको मौसम । चिसो पानीसँगै गोबर र सनपाटको सण्ठी अनि केही पराल । सडक र घरको वरिपरि लहरै राखिएको गोबरले छोपेको दाउरा साथै केही दाउराको कुन्यु । यो दैनिकी नै हो जीवनस्तर कम भएका ग्रामीण क्षेत्रका स्थानीयको । गोबर सामान्यतया मलखादका लागि प्रयोग गर्ने गरिन्छ तर, झापा कचनकवलका  केही बस्तीमा जैविक इन्धनको रूपमा प्रयोग गर्नुपर्ने बाध्यता छ । आधुनिकतासँगै परिवर्तन भए पनि कचनकवल–४ पक्लावान बस्तीमा गोबरबाट निर्मित दाउरा प्रयोग गर्दै जीवन गुजारिरहेको पाइन्छ ।

कम लागतको इन्धन

धुवाँबाट मानव स्वास्थ्यमा असर पर्ने विज्ञहरुले बताउँदै आएका छन् तर, कचनकवल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादव भने गोबरको गुइँठाबाट निस्कने धुवाँ स्वास्थ्यका लागि हानिकारक नहुने दाबी गर्छन् । अहिलेसम्म धुवाँका कारण कुनै पनि व्यक्ति बिरामी परेको नसुनिएको उनले बताए । सहजरुपमा दाउरा नपाएपछि यो नै उनीहरुको लागि इन्धनको विकल्प भएको उनको भनाइ छ । अन्य इन्धन प्रयोग गर्न स्थानीयको आर्थिक क्षमता नभएको समेत उनले बताए । एकपटक निःशुल्क रुपमा पाए पनि त्यसलाई पुनः प्रयोगमा नल्याउँदा गोबर दाउरा नै बनाउने गरेको उनको भनाइ छ । पशुपालन र खेती किसान गर्ने हुँदा गोबर सहजै उपलब्ध हुने उनले बताए । अन्य इन्धनमा भन्दा गोबरको दाउरामा पकाएको सामग्री स्वस्थ र स्वादिलो हुने उनले बताए ।     

पशुधन भएका परिवारहरुको लागि कम लागत वा निःशुल्क स्रोतको रुपमा यसलाई लिने गरिन्छ । आधुनिक ऊर्जाका स्रोतहरुमा सीमित पहुँच भएका दुर्गम क्षेत्रका बासिन्दामा गोबर नै ऊर्जाको महŒवपूर्ण स्रोतको रुपमा रहेको छ । गोबरलाई परम्परागत रुपमा जलाउँदा श्वास–प्रश्वासका साथै स्वास्थ्यलाई असर नगर्ने, गोबरलाई जैविक इन्धनको रुपमा प्रयोग गर्न थप प्रभावकारी प्रविधिहरु ल्याउने प्रयास जारी छ । गोबर नेपालको एक महत्त्वपूर्ण जैविक इन्धनको स्रोत हो, विशेषगरी ग्रामीण क्षेत्रमा जहाँ विकल्पको अभाव छ । आधुनिक प्रविधिहरुसँग यसको परम्परागत प्रयोगलाई सन्तुलनमा राख्ने प्रयासहरु भइरहेका छन् । 

नेताले बोलेको पुर्‍याउँदैनन् 

दुईवटा सनपाटको सण्ठीमा पराल राखेर गोबरले बाहिरबाट लेपन गरी सुकाएपछि बाल्नका लागि तयारी हुने ७० वर्षीया खतिजा मियाँले बताइन् । उनी हालसम्म इन्धनको रुपमा यही प्रयोग गर्दै आइरहेको बताउँछिन् । भोटका समयमा नेताले ग्यास र दाउरा उपलब्ध गराउने भनेपनि यतिका वर्षसम्म बोलेको नपु¥याएको उनको भनाइ छ । यो दाउरा बनाउन गोबर, पराल र सण्ठी अनिवार्य हुने हुँदा सबै चिज जुटाउन समस्या हुँदै आएको उनले बताइन् । घरमा गोबर नहुँदा गोबर सकङ्लनका लागि चरनमा लगिएका पशुबाट ल्याउँदा पनि सहजै नपाइने अख्तार मियाँले बताए । यो घरेलु ऊर्जाको रुपमा गोबर ब्रिकेट भएको उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार