मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

झापामा हात्तीले तीनवटा घर भत्कायो

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१८ पौष २०८०, बुधवार

                                                                                                                             साङ्केतिक तस्वीर

झापा जंगली हात्तीले झापाको बुद्धशान्तिमा तीनवटा घर भत्काएर क्षति पुर्‍याएको छ । सोमवार राति १२.५० बजे आएको हात्तीले बुद्धशान्ति गाउँपालिका-५ आयाबारी थारु गाउँमा क्षति गरेको हो ।

हात्तीले लुँदा दनुवारको अन्दाजी १० मन धान खाएर र घरको टाटीबेरा भत्काएर अन्दाजी रु ३० हजार बराबरको क्षति गरेको छ भने दिपनारायण दनुवारको पनि अन्दाजी १० मन धान खाएर र घरको टाटीबेरा भत्काउँदा अन्दाजी रु ३० हजार बराबरको क्षति भएको छ । त्यस्तै महेन्द्र दनुवारको पनि अन्दाजी १० मन धानसहित घरको टाटीबेरा भत्काउँदा अन्दाजी रु ३० हजार बराबरको क्षति गरेको छ ।

सोही हात्तीले नागिनप्रसाद चौधरीको २ कट्ठा जग्गामा लगाएको आलु,बैगुन,टमाटर, कोबी, केरा गरी अन्दाजी ५० हजार बराबरको क्षति गरेको प्रहरीले जनाएको छ । पीडितहरूले इलाका प्रहरी कार्यालय बुधबारेमा हिजो साँझ निवेदनका साथ जानकारी गराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार