मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

इन्धन बोकेको भारतीय ट्याङकरबाट अवैध सामान बरामद

देश प्रदेश डेस्क 5185+ समाचार ( )
२२ फाल्गुन २०८०, मङ्गलबार

झापा पेट्रोलियम पदार्थ बोकेको भारतीय ट्याङकरले भन्सार छलेर ल्याएको मोटरपाटर्स, कपडा र रंग मेची भन्सार कार्यालयले बरामद गरेको छ ।

आज साँझ पेट्रोलियम पदार्थ बोकेको एनएल ०२ एन ६९४९ नम्बरको भारतीय ट्याङकरले चालक बस्ने बनोटमा उक्त सामानहरु ल्याएको थाहा पाएपछि नियन्त्रणमा लिएको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत गणपति कडेलले जानकारी दिए ।

जनकपुरका लागि इन्धन लिएर भारतबाट आएको ट्याङकरले अवैधरुपमा गाडीका मोटरपाटर्स, बच्चाको वेवीसुट र घरमा लगाउने विभिन्न कम्पनीका रंगहरु ल्याएकाेले बरामद गरिएको उनले बताए ।

बरामद सामान सबै कति मुल्य बराबरको छ भन्ने अहिले नै यकिन नभएकाेले भोलि मात्रै थाहा हुने सूचना अधिकारी कँडेलको भनाई छ । अवैध सामान बोकेको भारतीय ट्याङकर भन्सार यार्डमा राखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार