मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

याे वर्षमा ७५४७ विपद्का घटना, आगलागी अग्र स्थानमा

देश प्रदेश डेस्क 5095+ समाचार ( )
२५ चैत्र २०८२, बुधवार

झापा / राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार  २०८२ सालमा देशभर ७ हजार ५४७ विपदका घटना भएका छन् । विपदका कारण १३ हजार ५०४ परिवार प्रतक्ष्य रुमपा प्रभावित भएका छन् ।

सामान्य सावधानी अपनाउँदा समेत रोक्न सकिने आगलागीको घटना सबैभन्दा धेरै रहेको प्राधिकरणको विवरणमा उल्लेख छ ।

बाढी पहिरो, भारी वर्षा, चट्याङ, वन डढेलो, हावाहुरी, हिउँ पहिरो जस्ता विपद र विपदजन्य घटनाका कारण ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ । 

झण्डै एक वर्षको अवधिमा ३ हजार ६५२ वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर मात्रै १०४ जनाको अकालमा ज्यान गएको छ । ५६३ जना घाइते हुँदा ४ हजार १८२ परिवार प्रत्यक्ष रुपमा पीडित भएका छन् ।

बाढीका कारण मात्रै ३२८ घटनामा ३९ जनाको निधन भएको छ । बाढीमा परेर २७ जना बेपत्ता हुँदा १४ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार, ६२१ पहिरोका घटनामा परेर ७६ जनाको ज्यान गएको छ । यस्तै, भारी वर्षाको ४४६ घटनामा परेर ७ जनाको ज्यान गयो भने २० जना घाइते भएका छन् ।

त्यस्तै, ४१९ चट्याङका कारण ४८ जनाको ज्यान गयो । कूल ३१२ जना घाइते हुँदा ५२२ परिवार प्रत्यक्ष रुपमा प्रभावित भए । हावाहुरीका ४७७, वन डढेलाका ३२४, जनावर आक्रमणका ५०९ र लेक लाग्नुका १३१ घटना भएका छन् ।

प्राधिकरणका अनुसार यो विवरण गत वैशाख १ गतेदेखि यही चैत २४ गते सम्मको हो । एक वर्षको अवधिमा विपदमा मात्रै ४९० जनाको ज्यान जाँदा ३८ जना बेपत्ता भएका छन् । विपदका कारण १ हजार ९६५ जना घाइते भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार