मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

हात्तीपाइले अभियानमा भद्रपुर असफल

देश प्रदेश डेस्क 5185+ समाचार ( )
११ जेठ २०८१, शुक्रबार

                                                                                                                           साङ्केतिक तस्वीर

झापा हात्तीपाइलेविरुद्धको राष्ट्रिय आम औषधि सेवन अभियानको म्याद १० दिन थप्दासमेत भद्रपुर नगरपालिका असफल भएको छ । बैशाख १६ गतेदेखि ३० गतेसम्म निर्धारित अभियानलाई १० दिन म्याद थपेर जेठ १० सम्म पुर्‍याउँदासमेत भद्रपुरले लक्ष्य हासिल गर्न सकेन । नगरका ५४ प्रतिशतलाई मात्र औषधि सेवन गराउन सकेको भद्रपुरको नतिजा सबैभन्दा कमजोर बनेको हो ।
बैशाख १६ गतेदेखि ३० गतेसम्म अभियान सञ्चालन हुँदा भद्रपुरले ४४.२७ प्रतिशतलाई औषधि सेवन गराएको थियो । थपिएको १० दिनमा त्यसलाई बढाएर ५४ प्रतिशत पुर्याएपनि लक्ष्य हासिल गर्न नसकेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले बताए । भद्रपुरले गत वर्ष पनि ५३ प्रतिशतलाई औषधि सेवन गराएको थियो ।

१० दिन म्याद थपिँदा हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाउने कार्यक्रमअन्तर्गत झापाका ८४ प्रतिशतले औषधि सेवन गरेका छन् । बैशाख १६ देखि बैशाख ३० गतेसम्म सञ्चालित आम औषधि कार्यक्रम अन्तर्गत ७९.४६ प्रतिशतले औषधि सेवन गरेकोमा थपिएको म्यादमा सङ्ख्या बढेर ८४ प्रतिशत पुगेको स्वास्थ्य कार्यालय झापाका प्रमुख बाह्रकोटीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार