मुख्य समाचार
देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन |

सुर्खेतमा जिप दुर्घटना: मृत्यु भएकाहरूको सनाखत

देश प्रदेश डेस्क 5421+ समाचार ( )
१६ जेठ २०८१, बुधवार

झापा । सुर्खेतमा भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ।

बिहीबार बिहान २ बजेर ४० मिनेटमा भे १ च २५६० नम्बरको जिप वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ टाकुरे मोडमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय सुर्खेत प्रहरी निरीक्षक पूर्ण केसीका अनुसार कालीकोटको शुभकालिका गाउँपालिका वडा नम्बर ३ का तन्त कामी, वीरेन्द्र विक, नवराज विक र दैलेखको भैरवी गाउँपालिका वडा नम्बर ४ का महेन्द्र शाहीको दुर्घटनामा मृत्यु भएको हो।

उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर शुभकालिका गाउँपालिका वडा नम्बर ३ का नरी कामी र खाँडाचक्र नगरपालिका वडा नम्बर ९ पाखाका नरेन्द्र विष्ट घाइते भएका छन्। विष्ट जिप चालक हुन्।

प्रदेश असपताल सुर्खेतमा उपचारारत घाइतेहरुको अवस्था मध्यम रहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए।

भारतबाट आएकाहरुले जिप रिजर्भ गरेर लगेका थिए। दिउँसोको समयमा रातो नम्बर प्लेटका निजी गाडीलाई समितिले यात्रु बोक्न रोक लगाएकाले राति नै हिँडेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक केसीका अनुसार दुर्घटनाको प्रकृति हेर्दा चालक निदाएको हुन सक्ने अनुमान गरिएको छ।

‘नजिकै सजिलो मोड छ, कटेपछि बाटो पनि फराकिलो छ,’ उनले भने, ‘घटना स्थल हेर्दा चालक निदाएको हुन सक्छ।’ घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार