मुख्य समाचार
काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु |

झापा गोल्डकप : महिलाको सदस्यता शुल्कमा ५० प्रतिशत छुट

देश प्रदेश डेस्क 5417+ समाचार ( )
२१ माघ २०८०, आइतबार

झापा । खेलप्रेमी महिलाहरूलाई लक्षित गर्दै झापा गोल्डकप आयोजक समितिले सदस्यता विस्तारको अभियानलाई अघि बढाएको छ ।
सदस्यता शुल्कमा ५० प्रतिशत छुट गर्दै आयोजक समितिले सदस्य सङ्ख्या बढाउने निर्णय गरेको हो । झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतका अनुसार महिलाहरूलाई सदस्य बन्न ११ हजार रुपैयाँ निर्धारण गरिएको छ  । खेलप्रेमी महिला दिदीबहिनीहरूलाई पनि झापा गोल्डकपको सदस्य बनाउने उद्देश्यले २१ हजार रुपैयाँ सदस्यता शुल्कमा छुट गर्दै ११ हजार रुपैयाँ मात्रै कायम गरिएको हो । छैटौँ संस्करणको तयारीमा रहेको झापा गोल्ड कपको सदस्य सङ्ख्या थप गरेर महिला सहभागितालाई प्राथमिकता दिइएको कोषाध्यक्ष केदार गिरीले जानकारी दिए । प्रतियोगिताको छैटौँ संस्करण यही फागुन १९ गतेदेखि २८ गतेसम्म डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुँदैछ ।

यो संस्करणमा कम्तीमा एक सय जना महिला सदस्य सङ्ख्या बढाउँदै संस्थालाई थप दर्बिलो बनाउने योजना रहेको अध्यक्ष बस्नेतले बताए । यसअघि सदस्यता लिइसकेका सदस्यहरूको नवीकरण कार्य पनि जारी रहेको गोल्ड कपको सचिवालयले जनाएको छ । सबै सदस्यहरूलाई समयमै सदस्यता नवीकरण गर्न आग्रह गरिएको सचिवालय प्रमुख एवम् महासचिव गजेन्द्र पौडेलले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै