मुख्य समाचार
सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन | १०० रुपैयाँमै भन्सार कडाइः सरकारको निर्णय व्यवहारिक कि अव्यावहारिक? |
मुख्य समाचार
सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन | १०० रुपैयाँमै भन्सार कडाइः सरकारको निर्णय व्यवहारिक कि अव्यावहारिक? |


मध्यपहाडमा ‘कमरेड केपी’को ‘चर्तिकला’

देश प्रदेश डेस्क 5094+ समाचार ( )
२ पौष २०८०, सोमबार

झापा नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली (केपी ओली) ले ‘समृद्धिका लागि संकल्प यात्रा’ भन्दै मङ्सिर १४ गतेदेखि तीन साता लामो पुष्पलाल  (मध्य पहाडी) लोकमार्ग केन्द्रित अभियान सक्रियतापूर्वक सकेका छन् ।

उमेर र शारीरिक अवस्थाले त्यति साथ नदिँदा-नदिँदै पनि ‘कमरेड केपी’ ले वृद्ध-वृद्धाहरूसँग सामिप्यता जोडे । कहिले मजदुर र किसानसँग अन्तरक्रिया गरी दोस्ती बढाए त कहिले कलेज तथा विद्यालयका विद्यार्थीहरूसँग मुलुकको भावी आवश्यकताका बारेमा छलफल गरे ।

कलाकारसँगै सारङ्गी रेटे र मादल पनि बजाए । कतै कृषि वैज्ञानिकहरूसँग संवाद गरे त कतै विकास कार्यहरूको अवलोकन र नमूना काम गरिरहेका उद्यमीहरूसँग भेटघाट गरे । ऐतिहासिक, धार्मिक र साँस्कृतिक स्थलहरूको अवलोकन पनि गरे । जनताका अनुभूति, समस्या, गुनासा र सुझावहरू सुने । उनले मध्यपहाडी क्षेत्रको यात्राका क्रममा राकम कर्णालीलाई नयाँ सहर बनाउने घोषणा गरे । मध्यपहाडमा निर्माण भइरहेका दसवटा नयाँ शहरहरूको अवलोकन गरे ।

उनी खेलाडीसँग मैदानमा खेल्न पनि सकेकै छन् । नवविवाहित दम्पतीलाई बधाई दिन पनि पुगेकै छन् । बालबालिकालाई काखमा राखेर स्नेह दिन पनि भ्याएकै छन् ।

घरमा आराम गर्नुपर्ने उमेरमा उनले यी सब किन र केका लागि गरिरहेका छन् ? उनमा त्यो सक्रियता, आत्मबल, दृढता र आत्मविश्वास कहाँबाट र कसरी बढेको छ ? आश्चर्यजनक र रहस्यमय छ ।

केपी ओलीले यी सब ‘चर्तिकला’ फगत रमाइलो र देखाउनका लागि गरिरहेका छन् वा उनीभित्र साँच्चिकै मुलुक-विकासको योजना र सङ्कल्प छ ? यसको अनुसन्धान र विश्लेषण हुनुपर्छ ।

‘कमरेड केपी’ले आफू पहिलोपटक प्रधानमन्त्री बनेदेखि नै मुलुकको समृद्धि र विकासका तमाम सपनाहरू नागरिकलाई देखाइरहेका छन् । उट्पट्याङ् पारामा भए पनि उनले मुलुकमा रेल कुदाउने, पानीजहाज दौडाउने, हावाबाट बिजुली निकाल्ने, घरघरमा ग्यासको पाइप पुर्‍याउने र जस्ता तमाम योजना पनि सुझाए । अहिले ती सपना राष्ट्रको दीर्घकालीन अपरिहार्य आवश्यकता हुँदैछन् ।

तर बिडम्बना, हाम्रो मुलुकमा राजनीतिक पार्टी र नेतृत्वप्रति वितृष्णा जगाउने काम एउटा कोणबाट सधैँजसो भइरहेको हुन्छ । गरेका राम्रा काम केही नदेख्ने, सबै कुरा खराब मात्र देख्ने, जे भने पनि मजाक उडाएर खेदो खन्ने काम भइरहन्छ । जे भने-गरे पनि नकारात्मक ढंगले व्याख्या गर्ने र समाजमा निराशा फैलाउने काम एउटा समूहले सदैव गरिरहेको हुन्छ ।

केही पात्रहरूले जनताका गुनासा र निराशालाई संघीय लोकतान्त्रिक गणतन्त्रकै विरूद्धमा प्रयोग गर्ने प्रयास गरिरहेका छन् । नेपालका राजनीतिक पार्टी र तिनका नेतृत्वप्रति अनेकौँ प्रश्न उठाइएका छन् । पुराना पार्टीहरूको असफलता भन्ने भाष्य निर्माण गर्दै आफूसँग सबै समस्याको समाधान रहेको भ्रम छरिरहेका छन् ।

यस्तो परिस्थितिमा आˆफनो पार्टी प्रचारका लागि नै सही समृद्धिका लागि संकल्प यात्राको नाममा ओलीको नेतृत्वमा मध्यपहाडी लोकमार्ग केन्द्रित यो अभियान महत्वपूर्ण र अर्थपूर्ण मान्न सकिन्छ ।

आजभोलि हाम्रा पहाडका समस्याहरू केके हुन् ? पहाडमा किन पूर्वाधार र उत्पादनको विषय जोडिन सकेको छैन ? पहाडबाट मानिस पलायन हुनुपर्ने वाध्यता केके हुन् ? पहाडमा विकास र समृद्धिको ढाँचा कसरी निर्माण गर्न सकिन्छ ? विकास र पूर्वाधार निर्माणको ढाँचामा पहाडलाई विकास र समृद्धिको नमुना कसरी बनाउन सकिन्छ ? भन्ने तमाम समस्याको पहिचानमा संकल्प यात्रा कोसेढुंगा सावित भएको छ । यो सकारात्मक पक्ष हो ।

मुलुक आफैं समृद्ध बन्दैन । मुलुकलाई समृद्ध बनाउनुपर्छ । मुलुकलाई समृद्ध बनाउन सही दृष्टिकोण, सार्थक योजना र दह्रो अठोट आवश्यक हुन्छ । दृष्टिकोण, योजना र अठोट व्यक्तिले नै दिने हो । आजको सन्दर्भमा यी सब दिने उपयुक्त पात्र ‘कमरेड केपी’ हुन् वा होइनन् ? त्यो गर्न उनले सक्छन् वा सक्दैनन् ? त्यो बेग्लै विश्लेषणको पाटो हो ।

त्यसो त देश दुई-चार वर्षमै वा एकैपल्ट कायापलट भइहाल्ने विषय होइन । यो एउटा दृढ अठोट हो, निरन्तर प्रक्रिया हो । असल नेतृत्वले सपना देखाउनुपर्छ, आशा जगाइरहनुपर्छ । केपी ओलीले मुलुकको विकास र समृद्धिको एउटा आशा जगाएका छन् । त्यसलाई सकारात्मकरुपमा ग्रहण गरिनुपर्दछ ।

यसर्थ, नेपालको विकास र समृद्धिको यात्रामा केपी ओली महाथिर, लि कुआन यू, इतो हिरोबुमी मेइजी नै त बन्न नसक्लान् । तर, समकालीन नेपाली राजनीतिक नेतामा ‘भिजनरी’ भने देखिएका छन् । उनले गफै गरेको भए पनि देशमा केही गर्ने हुटहुटी र संकल्प भेटिन्छ । स्पष्ट अडान र दह्रो अठोट पाइन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार