मुख्य समाचार
सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन | १०० रुपैयाँमै भन्सार कडाइः सरकारको निर्णय व्यवहारिक कि अव्यावहारिक? |

भद्रपुरमा तोरी खेतीप्रति आकर्षण बढ्दै

देश प्रदेश डेस्क 5094+ समाचार ( )
१२ पौष २०८०, बिहीबार

भद्रपुर नगरपालिकाले तेलहन उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ तोरी खेतीमा अनुदान कार्यक्रम लागु गरेपछि किसानहरुको आकर्षण बढ्दै गएको छ ।अनुदानका लागि कार्यपालिकाले तय गरेको नीतिअनुसार न्यूनतम १० कठ्ठा खेती गर्ने किसानले प्रतिकठ्ठा ६ सय रुपैयाँ अनुदान पाउँछन् । हरेक वर्ष अनुदानका कारण तोरी खेती बढेपनि उपभोक्ताले भद्रपुरको तोरीभन्दा बाहिरबाट आयात गरिएको तोरी सहुलियत दरमा किन्न पाइरहेको गुनासो भने घटेको छैन ।

तेलहन बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत गत बर्ष भद्रपुरमा २०० हेक्टर क्षेत्रफलमा तोरी खेती लगाइएको थियो । यस आर्थिक वर्षमा पनि तेलहन बाली प्रवर्धन कार्यक्रमअन्तर्गत ५३३ हेक्टर क्षेत्रफलमा तोरी खेती गरेको विवरणसहित अनुदानका लागि आवेदन परेको छ ।

भद्रपुर नगर कृषि विकास शाखाको विवरण अनुसार सबैभन्दा बढी वडा नं १ र सबैभन्दा कम वडा नं ५ बाट । ।। । झापा अनुदानका लागि आवेदन परेको देखिन्छ । यस वर्ष तोरी खेतीको अनुदानका लागि भद्रपुरमा ८८९ जना कृषकको आवेदन परेको छ । गत वर्ष २३ लाख रकम अनुदानस्वरूप तोरी खेतीमा परेको आवेदनमा अनुगमनपश्चात् वितरण गरिएको थियो ।
यस वर्षबाट सुरू भएको तेलहन कार्यक्रमअन्तर्गत करिब २७ हेक्टर क्षेत्रफलमा आलस खेती गरिएको दावीसहित अनुदानका लागि आवेदन आएको छ । यस कार्यक्रमअन्तर्गत प्रतिकठ्ठा ६ सय रुपैयाँ अनुदान दिने गरी न्यूनतम एक कठ्ठा जग्गामा आलस लगाउने कृषक सहभागी हुन पाउने गरी अनुदान रकम दाबी गर्न सूचना गरिएको थियो ।

यस्तै स्थानीय रैथाने बाली प्रवर्धन कार्यक्रमअन्तर्गत कोदो खेतीमा अनुदान कार्यक्रम राखेर प्राविधिक टोलीले स्थलगत अनुगमन गरी ४२२ कठ्ठा क्षेत्रफलको भुक्तानी दिने गरी दाबी पेश गर्न सूचना प्रकाशित गरिएको छ । जसमा प्रतिकठ्ठा छ सय रुपैयाँका दरले प्रोत्साहन अनुदान वितरण गरिने कृषि शाखा प्रमुख सुमन विमलीले जानकारी दिएका छन् ।

विमलीका अनुसार यस वर्ष तरकारीको बीउविजन निःशुल्क रूपमा २ हजार ५०० कृषकलाई वितरण गरिएको छ ।
अनुदान वितरण गर्दा नगरसभाको निर्णयलाई आधार मानेर सम्बन्धित वडा कार्यालयको समन्वयमा टोल समितिहरूमार्फत वितरण गरिने गरिएको शाखा प्रमुख विमलीले जानकारी दिए ।

विमलीका अनुसार सूचनाको पहुँच लाभग्राही कृषकसमक्ष पुग्न नसक्दा वास्तविक किसान अनुदानबाट टाढै रहेको अनुमान छ ।कृषि अनुदानमा ग्रामीण किसानहरूको पहुँच पुग्न सकेको छैन । वडाका जनप्रतिनिधिले आफ्ना नजिकका कार्यकर्ता बाहेकलाई अनुदान कार्यक्रममा सहभागी गराउन नचाहँदा वास्तविक किसानले अनुदान पाउन नसकेको गुनासो गर्छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार